Division forest_Ads
Barista_Training

बर्दियाका सात स्थानीय तहकाे विद्युत महशुल वक्याैता झण्डै छ करोड रुपैयाँ

गुलरिया नगरपालिकाे मात्रै तीन करोड २६ लाख ३१ हजार ६०५ रुपैयाँ वक्याैता

Geruwa GIF

जाेधिराम थारु , बर्दिया। सडक वत्ती प्रयोग गरे वापत बर्दियाका सात स्थानीय तहले झण्डै छ करोड रुपैयाँ विद्युत महशुल बुझाउन बाँकी रहेको छ ।

जिल्लाका आठवटा पालिका मध्ये गेरुवा गाउँपालिका बाहेकका अन्य सातवटा पालिकाले पाँच करोड ८४ लाख २० हजार २४२ रुपैया सडक बत्तिको महशुल बुझाएका छैनन् ।

सबैभन्दा बढी गुलरिया नगरपालिकाले सडक बत्तिको महसुल बुझाउन बाँकी रहेको छ । गुलरिया नगरपालिकाले तीन करोड २६ लाख ३१ हजार ६०५ रुपैया सडक बत्ति महसुल बुझाउन बाँकी रहेको छ ।

गुलरिया नगरपालिका प्रशासकीय अधिकृत ओमकार शाहले आफू पालिकामा आएको धेरै नभएकोले यस बारेमा आफू धेरै जानकार नभएको बताउनु भयो । उहाँले आफूले यस विषयलाई कार्यपालिकाको बैठकमा राख्ने बताउनु भयो ।

Basgadhi PSA_final

बढैयाताल गाउँपालिकाले ९७ लाख ५६ हजार ८७२ रुपैया महसुल बुझाउन बाँकी रहेको छ । ठाकुरबाबा नगरपालिकाले ६३ लाख २३ हजार ४७९ रुपैया र बाँसगढी नगरपालिकाले ३३ लाख १९ हजार ८८५ रुपैया महसुल बुझाउन बाँकी रहेको छ ।

त्यसैगरी राजापुर नगरपालिकाले ३० लाख ८३ हजार ९१८ रुपैया, बारबर्दिया नगरपालिकाले २१ लाख १ हजार १२३ रुपैया र मधुवन नगरपालिकाले १२ लाख ३ हजार ३६० रुपैया महसुल बुझाउन बाँकी रहेको छ ।

समयमा विद्युत महसुल नबुझाएमा नेपाल विद्युत प्राधिकरण, विद्युत महसुल संकलन विनियमावली, २०७८ अनुसार कारबाही हुने नेपाल विद्युत प्राधिकरण निर्देशनालयले जनाएको छ ।

सडकबत्तिको महसुल तिनुपर्ने विषयमा गुलरियया नगरपालिकाले नेपाल विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्रलाई समर्थन पत्र पठाएको थियो । पालिकाले २०७८ चैत्र २४ गते चलानी नं. ३३८८ रहेको सहमति पत्रमा सडक बत्तिको विद्युत बक्यौता थप दस्तुर सहित २ करोड ८७ लाख ४ हजार ७०४ रुपैया रहेको सडक बत्तिको रकम नगरपालिकाले भुक्तानी नगरेर बाँकी रहेको भन्दै लेखा अधिकृत रुपसिंह खत्रीले नेपाल विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्रलाई समर्थन पत्र पठाएर जानकारी गराउनु भएको थियो ।

नेपाल विद्युत प्राधिकरणले स्थानीय तहले असार मसान्तसम्म बुझाउनु पर्ने बाँकी रकम ४५ दिनभित्र बुझाउन सूचना जारी गरेको छ । त्यसैगरी नेपाल विद्युत प्राधिकरणको स्विकृति विना आफू खुसी जथाभावि सडक बत्ति जडान गर्ने कार्य कानून सम्मत नभएकोले सो नगर्न नगराउन हुन तथा विना मिटर जडान गरिएका त्यस्ता सडकबत्तिहरु नेपाल विद्युत प्राधिकरणसँग सम्पर्क राखी ४५ दिनभित्र निमयानुसार मिटर जडान गर्न स्थानीय निकायलाई अनुरोध गरेको छ ।

गेरुवा गाँउपालिका प्रशासकीय अधिकृत बसबहादुर रानाले जंगली जनावरको जोखिम भएको स्थानमा स्थानीय आफैले घरको अगाडी बत्ति बाल्दै आएकाले पालिकाले सडकबत्ति जडान नगरेको बताउनु भयो । उहाँले पालिकामा सडक बत्ति नभएको जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.