bardiyahospital

विश्व मानसिक स्वास्थ्य दिवसमा सचेतना मूलक कार्यक्रम

Geruwa GIF

कृष्णसार अनलाइन, गुलरिया । प्रत्येक वर्ष अक्टोबर १० लाई विश्व मानसिक स्वास्थ्य दिवसको रुपमा मनाइदै आइएको छ । यस वर्ष यो दिवस मानिस र समुदायका लागि ‘मानसिक स्वास्थ्य : सबैको अधिकार’ भन्ने नारा सहित बर्दिया अस्पतालमा मानसिक स्वास्थ्य सम्बन्धि चेतना मूलक कार्यक्रम गरेर मनाइएको छ ।

आर्थिक वर्ष २०७९÷२०८० बर्दियाका विभिन्न पालिका रहेका स्वास्थ्य संस्थाबाट एक सय ३० जनाले मानसिक रोगको उपचार गराएको स्वास्थ्य कार्यालय बर्दियाका सूचना अधिकारी कृष्णगोपाल चौधरी बताउनु भयो ।

cld

बर्दिया अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट सुभाष पाण्डेले बर्दिया अस्पतालमा उपचार गर्न आएको मध्ये करिव ३० प्रतिशतमा कुनै न कुनै प्रकारको मानसिक रोग रहेको हुन सक्ने अनुमान गर्नुहुन्छ । उहाँले अस्पतालमा मानसिक रोगको उपचार गर्न आउने बिरामीमा तनाव, एन्जाइटी, डिप्रेसन जस्ता समस्या देखिएको बताउनु भयो ।

डाक्टर पाण्डेले भन्नुभयो, ‘वेरोजगारी, अभाव, परिवारिक कलह, बैवाहिक सम्बन्धमा हुने असमझदारी र दीर्घरोग, वंशाणुगत गुण, युवाहरुमा रहेको महत्वाकांक्षाले मानसिक स्वास्थ्यमा समस्या देखिएको छ ।’ मानसिक रोगको उपचार गराएमा निको हुने भएकोले स्वास्थ्य संस्थाबाट चिकित्सकबाट स्वास्थ्य सेवा लिनु पर्दछ ।’ अस्पतालमा मानसिक रोग विशेषज्ञ दरबन्दी भएपनि दरबन्दी अनुसार डाक्टर नभएको वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. पाण्डेले बताउनु भयो । उहाँले अस्पतालमा प्रत्येक महिनाको दोस्रो शुक्रबार मानसिक रोग विशेषज्ञबाट उपचार हुने जानकारी दिनु भयोे ।

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा बर्दिया अस्पतालमा आएका बिरामीलाई सचेतना मूलक कार्यक्रम गरिएको स्वास्थ्य कार्यालय बर्दियाका बरिष्ठ जनस्वास्थ्य अधिकृत गोर्कण गिरीले बताउनु भयो । उहाँले मानसिक रोग बारेमा मानिसमा गलत धारण रहेको हुदाँ बिरामी उपचार गर्न नआउने गरेको बताउनु हुन्छ । उहाँले मानसिक रोगका बिरामीलाई परिवार, समुदायले मानसिक रोग पनि अन्य रोग जस्तै ठिक हुने रोग हो भनी प्रेरित गर्नु पर्नेमा जोडदिनु भयो ।

मानसिक रोगको रोकथाम र उपचारका लागि जुन काम गर्दा आत्मसन्तुष्टि प्राप्त हुन्छ त्यो गर्नुपर्ने मनोविद तथा साइकोथेरापिस्ट डाक्टर विजय ज्ञवालीको भनाई छ । डाक्टर ज्ञवाली भन्नुहुन्छ, ‘नकारात्मक विचार आउन दिन हुन्न । आफूलाई सकेसम्म व्यस्त राख्नुपर्छ । व्यस्त हुन कुनै संस्थामा आबद्ध भएर काम गर्नु पर्छ । समयमा सुत्ने र उठ्ने बानीको विकास गर्नुपर्छ । ध्यान र प्राणायाम गर्नाले नकारात्मक विचारलाई विस्तारै कम गर्दै गराउर्दै लैजान्छ । सन्तुलित भोजनमा ध्यान दिनुपर्छ, रेडिमेट खानाको प्रयोग गर्नु हुर्दैन ।’

मानसिक रोग एक जटिल स्वास्थ्य समस्या भएपनि सरकारले मानसिक रोगलाई प्राथमिकतामा राखेको छैन् । नेपालमा भएको युद्ध, भु–कम्प, कोरोना, बेरोजगारी, जस्ता कारणले मानिसमा मानसिक समस्या डढेलो झै फैलिएको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.