bardiyahospital

सिकलसेलका बिरामीहरूलाई निःशुल्क खोप 

Geruwa GIF


कृष्णसार अनलाइन, गुलरिया । बर्दिया अस्पताल गुलरियाले सिकलसेलका बिरामीलाई निःशुल्क पि.सि.भी खोप उपलब्ध गराउने भएको छ । पेन प्लस परियोजना अन्तर्गत सिकलसेलका बिरामीहरूलाई निःशुल्क खोप उपलब्ध गराउन लागिएको हो । 


सिकलसेलबाट पीडित रोगीहरूको रोगसँग लड्न सक्ने क्षमता बढाउनका लागि खोप उपलब्ध गराउन लागिएको हो । पि.भी.सी. खोपले सिकलसेलका बिरामीलाई निमोनिया लगाएतका रोगको संक्रमण हुनबाट बचाउने बर्दिया अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. सुभाष पाण्डेले बताउनु भयो । सिकलसेलका बिरामीले एक पटक लगाउनु पर्ने खोपको मूल्य प्रति खोप  छ हजार रुपैयाँ पर्ने मे.सु. पाण्डेले बताउनु भयो ।

cld


सिकलसेल प्रायः पश्चिम नेपालका थारू जातीमा देखिएको एक वंशाणुगत रोग हो । समयमा रोग पत्ता नलाग्दा उपचारमा लाखौँ खर्च गर्ने गरिएको रोग पछिल्लो समयमा रोग रगत परिक्षण गरी यो रोग पत्ता लगाउन थालिएको छ । यो रोग लागेपछि जीवनभर उपचार गर्नु पर्छ । सामान्यता रातो रक्तकोषहरूको आयु एक सय २० दिन हुने गर्दछ तर सिकलसेल भएपछि  १५ देखि २० दिनमा रक्तकोष नष्ट भएर रक्तसञ्चार प्रक्रियामा समस्या हुने गर्दछ ।  रातो रक्तकोष छिटो छिटो नष्ट हुदाँ शरीरमा रगतको कमी हुन्छ, जसलाई सिकलसेल एनिमिया भनिन्छ । 


पेन प्लस कार्यक्रममा आवद्ध भएर सेवा लिइ रहनु भएको  १८ वर्ष भन्दा माथिकालाई निःशुल्क खोप उपलब्ध हुने पेन प्लस कार्यक्रम परियोजना बर्दिया अस्पताल गुलरियाका फिल्ड अधिकृत सुरज सुजन बोहराले बताउनु भयो । उहाँले पहिलो पेन प्लस कार्यक्रममा आबद्ध भएकालाई प्राथमिकता राखेर आगामी बिहीबार २ देखि ३ बजे खोप लगाउने व्यवस्थापन गरिएको बताउनु भयो । उहाँले सिकलसेलका बिरामीलाई पेन प्लस कार्यक्रममा आबद्ध भएर निःशुल्क सेवा लिनका आग्रह गर्नुभयो । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.