Division forest_Ads
Barista_Training

बालविवाह रोक्न धार्मिक अगुवासँग बैठक

Geruwa GIF

विशाल बस्नेत गुलरिया । बर्दियाको गुलरिया बालविवाह रोक्नका लागि धार्मिक गुरुहरूसँग समन्वयात्मक बैठकको आयोजना गरिएको छ गुलरिया नगरपालिकाको समन्वयमा दलित महिला उत्थान संघ बर्दियाले बैठकको आयोजना गरीएको हो ।

बैठकमा बालविवाह तथा छिटो उमेरमा विवाह गरेमा देखिने समस्याका बारेमा जानकारी गराइएको थियो । हिन्दु, मुस्लिम, इसाई धर्मका धार्मिक गुरुहरू र जनप्रतिनिधिहरूको उपस्थिति रहेको बैठकमा बालविवाह गरेमा देखा पर्ने कानुनी समस्याहरूको बारेमा जानकारी गराइएको थियो । हाल गुलरिया नगरपालिका लगायत बर्दियामा देखिएको बालविवाहको अवस्थाको बारेमा परियाेजना स‌याेजक जिरा विकले जानकारी गराउनु भयाे । 

Basgadhi PSA_final

कार्यक्रममा बोल्दै धर्मगुरुहरूले हाल धार्मिक र सांस्कृतिक रुपमा बालविवाह नभएको जानकारी गराएका छन् । यदाकदा लुकिछिपि बालविवाह गराउने पाइए पनि खुलेआम रुपमा बालविवाह नहुने गरेको उहाँहरूले बताउनु भएको छ । धार्मिक गुरुहरूले नेपालको संविधान र कानुन अनुसार बालविवाह र छिटो उमेरमा हुने विवाह अन्त्य गर्न प्रतिवद्ध रहेको बताउनु भएको छ । 

बैठकमा बोल्दै प्रमुख अतिथि गुलरिया नगरपालिकाकी उपमेयर सावित्रा  गौतमले गुलरिया नगरपालिकामा बालविवाहको समस्या देखिएको हुनाले सबै मिलेर यसलाई न्यूनीकरण गर्नुपर्ने बताउनु भयो । 

कार्यक्रममा बोल्दै नागरिक समाज सञ्जालकी संयोजक हिमा सुनारले  धार्मिक र सांस्कृतिक रुपमा अभिभावकको दबाबमा गर्ने विवाह भन्दा पनि केटा केटी एकआपसमा मिलेर भागेर गर्ने विवाह बढि भएको देखिएको बताउनु भयो । उहाँले भन्नु भयो–‘ केही अभिभावकले अनौपचारिक रुपमा विवाह गरिदिने चलन पनि देखिएको छ त्यो भन्दा बढि बालबालिकाहरू आफै भागेर विवाह गर्न थालेका छन् ।’

 

Leave A Reply

Your email address will not be published.