bardiyahospital

बर्दियामा बाघको आक्रमणमा एकको मृत्यु 

Geruwa GIF

गुलरिया।
बर्दियामा पाटेबाघको आक्रमणमा परि एक महिलाको मृत्यु भएको छ । राजापुर नगरपालिका १० सुकुम्बासी टोलकी २४ वर्षीया ममता सुनार घर नजिकै बाटोमा बाख्रा चराउँदै गर्दा बाघले आक्रमण गरेको हो । 


बाख्रा चराउँदै गर्दा बाघले आक्रमण गरेको खुलेको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत द्रोणराज शर्माले बताए । बाघले आक्रमण गरेपछि तत्काल उद्धार गरी सुनारलाई बर्दिया अस्पताल पुर्याइएको थियो । घाईते सुनारलाई बर्दिया अस्पताल गुलरियामा पुर्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । उनलाई आक्रमण गरेको स्थान नेपाल भारत सिमाना नजिक पर्दछ ।

cld


पछिल्लो समय नेपाल भारत सिमा क्षेत्र, खाता जैविक मार्ग र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघको आक्रमण बढ्दै गएको छ । यस अघि गत कार्तिक १७ गते मधुवन नगरपालिका ५ बस्ने २८ बर्षिया सृजना डाँगीको बाघको आक्रमणबाट मृत्यु भएको थियो । खाता जैविक मार्ग र सामुदायिक वन क्षेत्रमा हाल सम्म बाघको आक्रमणबाट १८ जनाको ज्यान गएको छ । भने झन्डै चार वर्षको अवधिमा बाघको आक्रमणबाट राष्ट्रिय वन, सामुदायिक वन  र निकुञ्ज क्षेत्रमा गरी बर्दियामा ३५ जनाको ज्यान गइसकेको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.