
गुलरिया ।
गुलरिया नगरपालिका ३ नं वडाका वडा सदस्य ४५ वर्षीय दुर्गाप्रसाद यादवको ब्रेनट्युमरका कारण मृत्यु भएको छ । गत भदौ देखि ब्रेन ट्युमरको समस्या सँग जुधिरहेका वडा सदस्य यादवको उपचारको क्रममा मृत्यु भएको हो ।
उहाँको उपचारको क्रममा आइतबार मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । सुरुमा स्वास्थ्य समस्या देखिएपछि नेपालगञ्ज उपचारका लगिएको यादवलाई ब्रेन ट्युमर देखिएपछि भारतको लखनउ र काठमाडौँ सम्म पुर्याइएको थियो ।करिब १ महिना अघि ब्रेन ट्युमरको अप्रेसन भएको उनलाई हाल घरमा राखेर उपचार गराईदै आएको गुलरिया नगरपालिका ३ नं वडाका वडाध्यक्ष सर्वजित् यादवले बताउनु भयो ।

वडा सदस्य यादवका दुई छोरा रहेका छन् । उहाँ नेकपा एमालेको तर्फबाट गत स्थानीय चुनावमा वडा सदस्य पदमा निर्वाचित हुनु भएको थियो । उहाँको अन्तिम श्रद्धाञ्जली मंसिर ४ गते सोमबार गुलरिया नगरपालिका वडा नं ३ को बनकट गाउँमा हुने वडाध्यक्ष सर्वजित यादवले बताउनु भयो ।


