बर्दिया बढैयाताल गाउँपालिकाका सक्रिय पत्रकार दलबहादुर सुनारलाई पितृशोक परेको छ । पत्रकार सुनारका पिता बाल सिंह सुनारको ८६ वर्षको उमेरमा मंसिर ८ गते विहान दिवंगत हुनु भएको छ ।
केही समय अगाडि देखि स्वास प्रस्वास सम्बन्धी रोगबाट ग्रसित हुनुभएको सुनार उपचारको क्रममा हुनुहुन्थ्यो । उहाँको मृत्यु बिहान करिब ४ बजे आफ्नै निवासमा भएको हो । उहाँको पार्थिव शरीरको अन्येष्टि गुलरियाको भादाघाटमा भएको छ । उहाँका ६ छोरा र ७ छोरी रहेका छन् ।
पत्रकार सुनारका पिता दिवंगत हुनुभएकोमा प्रेस चौतारी बर्दियाले शोक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेको छ । विज्ञप्तिमा दिवगंत आत्माको चिर शान्तिको कामना गर्दे परिवार प्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
त्यसैगरी पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघ बर्दियाले पनि शोक विज्ञप्ति जारी गर्दै स्वर्गीय पिता प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवार प्रति हार्दिक समवेदना प्रकट गरेको छ । प्रेस युनियन बर्दियाका अध्यक्ष दिपकलाल श्रेष्ठले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
प्रेस चौतारी बर्दियाका उपाध्यक्ष समेत रहनु भएको पत्रकार दलबहादुर सुनार कृष्णसार अनलाइन लगायतका विभिन्न मिडियामा कार्यरत हुनुहुन्छ ।