Division forest_Ads
Edu_Barabardiya

घरमा आगलागी हुँदा तिन बालबालिका सहित चारको मृत्यु  

Bidhut Notice
Geruwa GIF

गुलरिया । बर्दियाको गुलरिया नगरपालिका ४ तुलापुरको भरत चन्दको घरमा आगलागी हुँदा तिन जना बालबालिका सहित चार जनाको मृत्यु भएको छ । राती सुतिरहेको समयमा करिब साढे १० बजेको समयमा आगलागी हुँदा उहाँहरूको मृत्यु भएको हो ।

Basgadhi PSA_final


घरमा सुतिरहेको अवस्थामा आगलागी हुँदा डेढ वर्षीय कार्तिक चन्द, ७ वर्षीय कृष चन्द, ९ बर्षिया मानसी बूढा र ३६ बर्षिया राधा बूढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी २७ बर्षिया करिश्मा चन्द आगलागीमा परि घाईते भएकी छन् । उनलाई उपचारका लागि बर्दिया अस्पताल लगिएको छ । मृतक मध्ये राधा बूढा छोरी लिएर माइत गएकी थिइन् भने दुई बालबालिका घरमै सुतेका थिए । 


आगलागी हुनुको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी तुल्सिराम अर्यालले बताउनु भयो । साँझ खाना खाई आगो तापेर सुतेको बेलामा आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
इट्टा र टायलबाट बनेको घरको एक कोठा पूर्ण रुपमा नष्ट भएको छ । आगलागीको घटना थाहा हुनासाथ नेपाल प्रहरी सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रण लिइएको थियो । 

Leave A Reply

Your email address will not be published.