HPV KHOP
Barista_Training

३० हजार घुस सहित प्रहरी नायब निरीक्षक पक्राउ 

Geruwa GIF
Basgadhi PSA_final


ज्ञानेन्द्र पाेखरेल, बढैयाताल । इलाका प्रहरी कार्यालय मैनापाेखरबाट ३० हजार घुस सहित एक प्रहरी नायब निरीक्षक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरमा कार्यरत प्रहरी नायब निरीक्षक पवन साउद पक्राउ परेका हुन् । 


लागू औषध मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले पक्राउ गरेको थियो । घुस लिँदै गरेको सूचनाका आधारमा आयोगको सम्पर्क कार्यालयबाट खटिएको टोलीले ३० हजार रकम सहित  पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले बताउनु भयो  । प्रहरी नायब निरीक्षक साउदलाई इलाका प्रहरी कार्यालय मैनापोखरको मुद्दा शाखाबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता दाहालले बताउनु भयो । 

Leave A Reply

Your email address will not be published.