Krishnasar_Dubble Ad
Barista_Training

गाउँ पसेको चितुवा नियन्त्रणमा

Geruwa GIF

कृष्णसार अनलाइन, गुलरिया । मधुवन नगरपालिका– ५ चिरौटे सामुदायिक वनबाट गाउँ नम्बर – १० शक्तिपुरमा आएको चितुवालाई स्थानीय र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका छन् । बुधबार साँझ करिव ८ बजे गाउँ पसेको चितुवालाई नियन्त्रणमा लिइएको हो ।

Basgadhi PSA_final

खाना खाएर घरमा बसेको थियौँ, गाउँमा चितुवा आएको खबर भएपछि चितुवा भएको स्थानतिर गएको स्थानीय चन्द्रबहादुर खड्काले बताउनु भयो । खड्का भन्नुहुन्छ, ‘ गाउँमा बाघ र चितुवाले घरपालुवा जनावर र मान्छेलाई मार्ने घाइते बनाउने गर्छ ।

यस पटक गाउँका स्थानीय र सशस्त्र प्रहरी मिलेर चितुवालाई नियन्त्रणमा सफल भइयो ।’ पक्राउ गरेको चितुवा राती नै बर्दिया राष्ट्रिय निकुञ्जमा पठाएको खड्काले जानकारी दिनु भयो ।

यस अघि सोही स्थानकी २८ वर्षीया सिर्जना डाँगीको कात्तिक १७ गते बाघका आक्रमणमा परी मुत्यु भएको थियो । सो स्थान खाता जैविक मार्ग पर्दछ ।

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page