bardiyahospital

आज लक्ष्मी पूजा र दिपावली गरी मनाइँदै, यस्ताे छ लक्ष्मी पूजाकाे साइत

Geruwa GIF

बर्दिया। आज तिहारको विशेष दिन लक्ष्मी पूजा र दीपावली गरि मनाइदैछ । भागवत र विष्णुधर्मोत्तर पुराण अनुसार कार्तिक औंशीका दिन समुद्र मंथनबाट लक्ष्मी प्रकट भएकी थिइन् । त्यस्तै वाल्मीकि रामायणमा पनि यही दिन भगवान विष्णु र लक्ष्मीको शुभ विवाह सम्पन्न भएको उल्लेख छ ।

त्यसैले कार्तिक औंशीमा लक्ष्मीको पूजा विशेष रुपले गर्ने प्रचलन छ । स्कन्द र पद्म पुराण अनुसार यस दिन दीप दान गर्दा सबै पापबाट मोक्ष प्राप्त हुन्छ ।

cld

ज्योतिषीहरुका अनुसार यस पटक लक्ष्मीपूजाका दिन तुला राशीमा चार ग्रह बस्ने योग छ । त्यसैले यस दिन गरिएको पूजाको फल छिट्टै प्राप्ति हुन्छ । विहीवार सबै शुभ लग्न मुहुर्त रहेका छन् ।

बिहीवार लक्ष्मी पूजाका लागि शुभ मुहुर्त समय यस प्रकार छन्

अफिस /कार्यालयमा

विहान ११ : ०५ देखि दिउँसो १ः १२ बजेसम्म

दिउँसो २ :३५ देखि अपरान्ह ४ः०५ बजेसम्म

पसल/दोकान

दिउँसो २:०५ देखि अपरान्ह ४ः०५ बजेसम्म

साँझ ५ः१९ देखि बेलुकी ७ः५५ बजेसम्म

उद्योग/ कारखाना

विहान ८ः४५ देखि विहान ११ः०३ बजेसम्म

राति ११ः२५ देखि १२ः१६ बजेसम्म

घर

दिउँसो २ः०५ देखि अपरान्ह ४ः०५ बजेसम्म

साँझ ५ः१९ देखि बेलुकी ७ः५५ बजेसम्म

राति ११ः२५ देखि १२ः१६ बजेसम्म

online dubble sclaed
Leave A Reply

Your email address will not be published.