Division forest_Ads
Barista_Training

मानव वन्यजन्तु सह-अस्तित्व कायम गर्न हात्ती पुजा

Geruwa GIF

कृष्णसार अनलाइन, (ठाकुरद्वारा) बर्दिया । सबैभन्दा ठूलो स्थल प्राणी हात्ती । हात्तीको पुजा गर्ने प्रचलन अनौठो छ । बर्दियामा पछिल्लो समय थारु गुरुवाहरुबाट हात्तीको पुजा हुँदै आएको छ । हात्तीको पुजा गर्नाले हात्ती निरोगी हुनुका साथै हात्तीबाट हुने मानवीय क्षती कम हुने जन विश्वास रहेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.अशोक रामले दक्षिण एसियाकै सबै भन्दो ठूलो गजराज हात्ती बर्दियामै रहेको र उक्त गजराज हात्तीको नाममा बर्दिया निकुञ्ज स्थित हात्तीसार नजिकै गजराज स्तम्भ खडा गरिएको स्थानमा प्रत्येक बर्ष हात्तीपुजा हुने गरेको बताउनु भयो । उक्त स्तम्भमा थारु गुरुवाहरुबाट पुजा पाठ गरी हात्तीपुजा गरिन्छ ।

करिव १५।२० जना गुरुवाहरुले एकै पटक काप्दै जिब्रो छेड्ने गर्दछन भने खाली खुट्टा बलिरहेको आगोमा हिड्ने गर्दछ ।

Basgadhi PSA_final

थारु गुरुवाको पुजा पाठ पछि सिंगारिएका हात्तीलाई टिका लगाई मिठो मिठो खानेकुरा दिने चलन छ । पहिले पहिले हात्तीबाट सुंँगुुर किचेर हात्तीपुजा गर्ने पुरानो परम्परालाई परिमार्गजन गरी थारु गुरुवाहरुबाट हात्तीको पुजा गर्ने थालनी गरिएको थारु गुरुवाका प्रमुख ठाकुरप्रसाद थारुले जानकारी दिनुभयो ।

हात्तीपुजा गर्ने परम्पराले स्थानीय पर्यापर्यटनको विकासका लागि प्रमुख भूमिका खेलेको निकुञ्जका प्राकृतिक पथ प्रदर्शक रामबहादुर शाहीले बताउनु भयो ।

बर्दिया जंगली हात्तीबाट निकै प्रभावित छ । जंगली हात्तीले निकुञ्ज मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयले लगाएको अन्नबाली खाईदिनुका साथै घर भत्काईदिने र मानवीय क्षेती समेत गर्ने गर्दछन् ।

विशेष गरी हात्तीको पुजापाठ पछि मानव वन्यजन्तु बीच हुने द्वन्द्व कम हुने र मानव तथा वन्यजन्तु बीच सह अस्तित्व कायम हुने विश्वास साथ पुजा गर्ने गरिएको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान बर्दियाका अध्यक्ष हेमन्त आचार्यले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.