Division forest_Ads
Barista_Training

बर्दिया अस्पताल प्रदेशको पहिलो प्राथमिकतामा पर्छ –स्वास्थ्य निर्देशक गिरी

Geruwa GIF

प्रकाश पाैडेल, गुलरिया । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदकुमार गिरीले बर्दिया अस्पताल लुम्बिनी प्रदेशको पहिलो प्राथमिकतामा बताउनु भयो । अस्पतालको न्यूनतम सेवा मापदण्ड कार्यान्वयन अन्र्तगत अनुगमन तथा समिक्षा कार्यक्रममा बोल्दै डा. गिरीले सो कुरा बताउनु भएको हो ।

स्वास्थ्य निर्देशक डा. गिरीले लुम्बिनी प्रदेश सरकारले सञ्चालनमा ल्याएको कार्यक्रममा बर्दिया अस्पताललाई जनशक्ति सहित थप नयाँ सेवा विस्तारको लागि काम गर्दै आएको बताउनु भयो । उहाँले अस्पतालमा मृगौला रोगका बिरामीको लागि डाइलासिस मेसिनको व्यवस्थापन गरी सकेको र जनशक्तिलाई तालिम दिएर छिट्टै नै डाइलासिस सेवा पनि सञ्चालनमा ल्याइने बताउनु भयो । सरकारले स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानी नगर्दा केही समस्या देखिएको भएपनि अबका दिनमा स्वास्थ्यमा पर्याप्त लगानी गरेर आम नागरिकलाई सेवा दिनुपर्ने डा. गिरीको भनाई छ ।

Basgadhi PSA_final

देशभरिको ५० शैया बेडको अस्पतालमा न्यूनतम सेवा मापदण्ड तथा सम्पादनमा बर्दिया अस्पतालले ९६ अङ्क प्राप्त गरेको वरिष्ठ मेडिकल जनरलिष्ट डाक्टर नरेन्द्र खनालले जानकारी दिनुभयो । उहाँले नेपालमा भक्तपुर अस्पतालले ९७ अङ्क प्राप्त गरेर नेपालमा प्रथम र बर्दिया अस्पताल नेपालमा दोस्रो र लुम्बिनी प्रदेशमा प्रथम भएको बताउनु भयो ।

बर्दिया अस्पतालका निवर्तमान अध्यक्ष नारायण गौतमले जनशक्ति अभाव हुदाँहुदै पनि अस्पतालले राम्रो सेवा दिदै आएको बताउनु भयो । उहाँले अस्पतालमा भौतिक संरचना र जनशक्तिको अभाव भएको बताउनु भयो । उहाँले बर्दिया अस्पतालमा आउने बिरामी र बिरामी कुरुवाले फोहोर कहाँ राख्ने भन्ने थाहा नपाउँदा अस्पताललाई फोहोर व्यवस्थापन मुख्य चुनौतीको रुपमा देखा परेको बताउनु भयो ।

बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुभाष पाण्डेले अस्पताल लुम्बिनी प्रदेशमा प्रथम हुनुमा यहाँ कार्यरत कर्मचारी व्यवस्थापन समिति र सरोकारवाला अन्य निकायको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । उहाँले अस्पताल दिने सेवामा कुनै कमी हुन नदिन अस्पतालमा कार्यरत सम्पूर्ण टिम नै निरन्तर लागिरहेको बताउनु भयो । मेडिकल सुपरिटेन्डेन्ट डा. सुभाष पाण्डेले भन्नुभयो, ‘बर्दिया अस्पतालले न्यूनतम सेवा मापदण्डमा ९६ अङ्क ल्याएको छ, अब आगामी वर्ष थप अङ्क ल्याउने गरी अस्पताल टिम लाग्छौँ ।’

Leave A Reply

Your email address will not be published.