bardiyahospital

न्यूनतम सेवा मापदण्डमा बर्दिया अस्पताल उत्कृष्ट

Geruwa GIF

बर्दिया । बर्दिया अस्पताल न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा लुम्बिनी प्रदेशमै उत्कृष्ट बनेको छ । सो अस्पतालले ९६ अङ्क प्राप्त गरी प्रदेशमै पहिलो र मुलुकभरमा दोस्रो भएको हो ।

अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवा, सरसफाइ, वहिरङ्ग सेवा, इमर्जेन्सी सेवा, प्रयोगशाला, फार्मेसी, व्यवस्थापन लगायतका विषयलाई मुख्य आधार मानेर न्यूनतम सेवा मापदण्ड र सम्पादनका आधारमा बर्दिया अस्पतालले कुल ९६ अङ्क प्राप्त गरेको हो ।

cld

न्यूनतम मापदण्ड सेवामा देशभर रहेका ५० शय्या क्षमता भएका अस्पतालमध्ये बर्दिया अस्पताल लुम्बिनी प्रदेशमै पहिलो र नेपालभर दोस्रो भएको स्वास्थ्य सेवा विभागका वरिष्ठ मेडिकल जर्नलिष्ट डा. नरेन्द्र खनालले बताउनुभयो ।

न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गत अस्पतालको अनुगमन मूल्याङ्कन समीक्षा कार्यक्रममा डा. खनालले सीमित साधन स्रोतबिचमा पनि बर्दिया अस्पताल उत्कृष्ट बनेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले टिम मिलेर काम गर्न सकेमा सजिलै अघि बढ्न सकिने र सफलता पाइने बताउनुभयो ।

बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुभाष पाण्डेले अस्पताल लुम्बिनी प्रदेशमा प्रथम हुनुमा अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी, कर्मचारी, व्यवस्थापन समिति र सरोकारवाला निकायको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

उहाँले अस्पतालले दिने सेवामा कुनै कमी हुन नदिन अस्पतालमा कार्यरत सम्पूर्ण टिम नै निरन्तर लागिरहेको बताउनुभयो । मेडिकल सुपरिटेन्डेन्ट डा. पाण्डेले भन्नुभयो, ‘बर्दिया अस्पतालले न्यूनतम सेवा मापदण्डमा ९६ अङ्क ल्याएको छ, अब आगामी वर्ष थप अङ्क ल्याउनेगरी अस्पताल टिम लाग्छौँ ।’

बर्दिया अस्पतालका निवर्तमान अध्यक्ष नारायण गौतमले जनशक्ति अभाव हुदाँहुदै पनि अस्पतालले राम्रो सेवा दिँदैआएको बताउनुभयो । उहाँले अस्पतालमा भौतिक संरचना र जनशक्तिको अभाव भएको बताउनुभयो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.