गुलरिया । राजापुर नगरपालिका र डिभिजन वन कार्यालय बर्दियाको बीचमा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन समन्वय बैठक सम्पन्न भएको छ । डिभिजन वन कार्यालयको आयोजनामा शुक्रबार राजापुरमा समन्वय बैठक सम्पन्न भएको हो ।
सामुदायक वनमा हुने मानव बन्यजस्तुको बीचमा हुने द्धन्द न्यनिकरणका लागि लागि बैठकको आयोजना गरिएको हो । बर्दिया राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावरले स्थानीयको बालीनाली नोक्सान गर्ने, कहिले मानव क्षत्ति समेत हुने गरेको छ । भने विकास निर्माण गर्दा पनि वनमा ऐन कानुन जटिल समस्याको रुपमा देखा पर्ने गरेको छ ।
राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारुले वन ऐनले गर्दा विकास निर्माणका कामहरुमा धेरै अवरोध हुने गरेको बताउनु भयो । उहाँले वनका ऐन कानुनले गर्दा विकास निर्माणमा समयमा नहुने हुदाँ पालिकाले चाहे अनुुसारको काम हुन नसकेको बताउनु भयो । नगरप्रमुख थारु भन्नुहुन्छ, ‘विकास निर्माणका काममा हुने कानुनी जटिलतालाई समन्यव र सहकार्यबाट अगाडी बढाएर भएपनि विकास निर्माणमा कामलाई गति दिनुपर्छ । यसका लागि डिभिजन वन कार्यालयले सहयोग र सहकार्य गरेर अगाडी बढ्नु पर्छ ।’
गाँउमा प्रवेश गरी पटक पटक जंगली हात्तिले बालीनाली नोक्सान गर्ने, चितुवा र बाघले मान्छे माने र घाइते बनाउने समस्या स्थानीय भोग्दै आएको नगरप्रमुख थारुले बताउनु भयो । उहाँले मानव बन्यजन्तुको द्धन्द कम गर्न कसरी सकिन्छ, त्यसको लागि दिर्घकालिन योजना बनाएर लाग्नु पर्ने बताउनु भयो । उहाँले वन, वन्यजन्तुबाट पीडित भएका राहतका लागी विभिन्न निकायहरूमा आवाज उठाउदै आएको समेत बताउनु भयो ।
डिभिजन वन कार्यालय बर्दिया डिभिजन वन अधिकृत प्रबिण बिडारीले वन संरक्षण गर्दै वनबाट आय–आर्जन हुने खालको कार्याक्रम गरेर अगाडी बढ्न सके वनको सरक्षण हुने र वनबाट समूदायले लाभ लिन हुने सक्ने बताउनु भयो । वन डिभिजन प्रमुख विडारीले “वन्यजन्तु गाउँमा प्रवेश गरेको भन्दै विभिन्न ठाउँबाट वन्यजन्तुको ब्यवस्थापन गर्न स्थानीयले आग्रह गर्नु हुन्छ । तर कार्यालयसँग वन्यजन्तु नियन्त्रण गर्ने, न दक्षता छ, न औजार छ, न सीप छ, । यसका लागि कार्यालयले गाँउ प्रवेश गरेका जंगली जनावरलाई नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्ज र प्रकृति संरक्षण कोषसँग समन्वय, सहकार्य र सहजीकरण गर्दै वन्यजन्तु नियन्त्रणमा लिई ब्यवस्थापन गर्दै आईरहेका छौ ।’
उहाँले वन, वन्यजन्तु सम्बन्धि कुनै सूचना भएमा सम्बन्धित डिभिजन वन कार्यालय वा सब–डिभिजन वन जानकारी गराइदिन आग्रह गर्नु भयो । उहाँले कानुनले दिएको अधिकार अनुसार कार्यालयले सहकार्य गरेर काममा सहजीकरण गर्ने प्रतिवद्धता जनाउनु भयो ।
राजापुर नगरपालिका प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले मानव वन्यजन्तुको द्धन्द व्यवस्थापन रोक्न मुख्य समस्या भएको बताउनु भयो । उहाँले वनसँग जोडिएको समुदायका मानिसहरु घाँस, दाउरा स्याउला लिन निहुँरो, च्याउ, लगायत साग दिन वनमा निर्भर भएकोले पनि मानव वन्यजन्तु द्धन्द हुने गरेको बताउनु भयो ।
उहाँले मानव वन्यजन्तु बीचमा हुने द्धन्द कम गर्न बैकल्पिक उर्जा, डाँलेघाँस अन्य घाँसको उत्पादन, घरेलु च्याउको उत्पादन जस्ता कुराको उत्पादनमा जोडदिनु पर्ने बताउनु भयो ।
कार्यक्रम संचालन डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत टंक बहादुर गुरुङ्गले गर्नुभएको थियो । कार्यक्रममा राजापुर नगरपालिकाका वडा अध्यक्षहरु, लगायतको उपस्तिथीमा कार्यक्रम भएको थियो ।