Division forest_Ads

गुलरियाका चार विद्यालय एक तारे 

Bidhut Notice
Geruwa GIF

   कृष्णसार अनलाइन, बर्दिया ।    बर्दियाका गुलरिया नगरपालिकाका चार ओटा माध्यमिक विद्यालय एक तारेका योग्य देखिएका छन् । विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यविधि २०७४ मा उल्लेख भएको मापदण्ड पुगेसँगै विद्यालय चार तारेको स्तरमा पुगेका हुन् । विद्यालयका विद्यालय व्यवस्थापन समिति, विद्यार्थी, अभिभावक र शिक्षकले आफ्नो विद्यालय खानेपानी सरसफाइ  तथा स्वच्छतामा एक ताराको मापदण्ड पुरा गरेको स्वघोषणा गरेका हुन् । 

   बेस बर्दियाले सञ्चालन गरेको विद्यालय बेस बर्दियाले सञ्चालन गरेको वास गेन्स परियोजनाको नगरस्तरीय समन्वय बैठकमा सो कुराको जानकारी गराइएको हो । गुलरिया नगरपालिका भित्र एक तारा मापदण्ड पुरा गर्ने विद्यालयहरू श्री बंगलामुखी राधाकृष्ण थारू मावि गुलरिया, श्री गौरीशंकर मावि डल्लापुर, श्री ने रा मावि भैँसाही र श्री ध्रुव मावि तुल्सिपुर रहेका छन् । उनीहरूले आफूहरू पहिलो ताराको स्तरमा पुगेको घोषणा गरेका छन् । गुलरिया नगरपालिकाले अनुगमन गरेपछि ति विद्यालयहरुलाई पहिलो तारा प्राप्त गरेको प्रमाणपत्र दिइने शिक्षा शाखा प्रमुख शतिस यादवले बताउनु भयो । 

नगरस्तरीय समन्वय बैठकमा विद्यालयमा खानेपानी सरसफाइ तथा स्वच्छता संरचना मर्मत तथा संहार कोष स्थापना गर्ने निर्णय भएको छ । मर्मत संहार कोष स्थापना भएपछि खानेपानी तथा सरसफाइका संरचना मर्मत संहार गर्न सहज हुने छ । नगरपालिकाले  कार्यविधि बनाएर हरेक विद्यालयमा मर्मत संहार कोष स्थापना गर्ने निर्णय गरिएको छ । त्यसैगरी नगरपालिका भित्रका विद्यालयहरूको अनुगमन  वडाबाट महिनामा एक पटक , नगरपालिकाबाट एक पटक र परियोजना सँग संयुक्त रुपमा वर्षमा एक पटक अनुगमन गर्ने निर्णय गरीएको छ । 

Basgadhi PSA_final

    गुलरिया नगरपालिकाकी उपप्रमुख एवं बैठककी प्रमुख अतिथी सावित्रा गौतमले विद्यालय परिवार र अभिभावकले चाहेमा नगरपालिकाका सम्पूर्ण विद्यालयहरू छिट्टै नै ताराको तहमा पुग्ने बताउनु भयो । उहाँले तारा घोषणा गर्नका लागि सबैभन्दा बढि विद्यालयको नै भूमिका रहने बताउँदै विद्यालयका शिक्षकहरूले आ आफ्नो विद्यालयलाई सुधार गर्ने हो भने छिट्टै नै तारा घोषणा गर्न सकिने बताउनु भयो । 

विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यविधि २०७४ विद्यालयको खानेपानी सरसफाइ र स्वच्छताको उपलब्धतालाई मूल्याङ्कन गरी स्तरीकरण गर्नका लागि सूचक तोकिएको छ । जसमा न्यूनतम सेवा सुविधा भएको विद्यालयलाई एक तारामा राखिएको छ भने विद्यार्थी सङ्ख्याको आधारमा तोकिएको मापदण्ड अनुसार उपलब्ध भएको सेवा सुविधालाई तिन तारामा राखिएको छ । बर्दियामा केही विद्यालय बाहेक अधिकांश विद्यालय एक ताराको मापदण्डमा समेत पर्दैनन् । 

     वाटरएड नेपालको आर्थिक सहयोगमा बेस संस्थाद्वारा बर्दिया जिल्लामा वास जेन्स परियोजना सञ्चालन गरेको छ । परियोजनाले विद्यालयलाई एक दुई गर्दै तिन तारा स्तरको विद्यालय बनाउनका लागि आवश्यक आर्थिक, प्राविधिक, भौतीक सहयोग गर्न लागेको हो । परियोजना गुलरिया नगरपालिकाको सबै १० वटै माध्यमिक तहका सामुदायिक विद्यालयमा सञ्चालनमा रहेको छ  । 

त्यसैगरी बर्दियाको ठकुरबाबा, बारबर्दिया, मधुवन र गेरुवा गाउँपालिकाका २३ वटा विद्यालयमा सञ्चालनमा रहेको छ । परियोजनाले ११ वर्षदेखि २० वर्ष उमेर समुहका १३ हजार पाँच सय किशोरकिशोरीहरूलाई लक्षित गरि सञ्चालन हुने बेस बर्दियाका अध्यक्ष विष्णु थारूले बताउनु भयो । परियोजना  सन् २०२३ अप्रिलदेखि २०२६ मार्चसम्म सञ्चालन हुने छ । 

Leave A Reply

Your email address will not be published.