Division forest_Ads
Edu_Barabardiya

चार किलो गाँजा सहित दुई भारतीय नागरिक पक्राउ 

Bidhut Notice
Geruwa GIF
Basgadhi PSA_final

गुलरिया । प्रहरीले चार किलो अवैध लागूऔषध गाँजा सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  प्रहरी चौकी रातोमाटेको टोलीले शुक्रबार बिहान बसमा चेकजाँच गर्दा उनीहरूलाई हेटौँडा उप महानगरपालिका –१५ रातोमाटेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा भारत मोतिहारीका ३७ वर्षीय जितेन्द्र जैसवाल र ३७ वर्षीय मनोज कुमार रहेका छन् । ना.४ ख ५९२२ नम्बरको बसमा चेकजाँच गर्ने क्रमका जीउमा लुकाइ राखेको गाँजा सहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताउनु भयो ।

पछिल्लो दिनमा प्रहरीको सक्रियता बढेसँग लागू औषध गाँजा सहित पक्राउ पर्नेको संख्या बढेको छ ।

 

Leave A Reply

Your email address will not be published.