Division forest_Ads
Barista_Training

स्ववियु विद्यार्थीले गरे न्यानो कपडा वितरण

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । चिसो र शीतलहर बढेसँगै बबई बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले न्यानो कपडा संकलन तथा वितरण अभियान गरेको छ । गुलरिया नगरपालिका – ६ राधाकृष्ण चोकमा शनिवार र आइतबार गरी दुई दिन सो अभियान गरिएको हो ।

स्वतन्त्र विद्यार्थी युनियनको कपडा संकलन अभियानले गरिब असाह्यलाई थोरै भएपनि राहत पुगेको छ । विद्यार्थी युनियनले सञ्चालन गरेको हुनेबाट नहुनेलाई उपहार नौलो प्रयासको रुपमा रहेको छ । अभियानमा हुनेले दिने र नहुनेले  लिएर जाने गरेका छन् ।

Basgadhi PSA_final

स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष लक्ष्मण भण्डारीले आर्थिक अभाव भएर न्यानो कपडा खरिद गर्न नसक्नेहरूको लागि यो अभियान सञ्चालन गरिएको बताउनु भयो । उहाँले पसलमा बिक्रीका लागि ल्याएको कपडा फेसन सकिएपछि बिक्री नहुने हुन्छ । जुन कपडा पसलमा त्यसै थन्किएको थियो , त्यस्तो कपडा  र घरमा प्रयोग नभएर राखिएको कपडा संकलन गरी वितरण गरिएको जानकारी दिनुभयो ।

स्ववियु अध्यक्ष भण्डारी भन्नुहुन्छ – ‘गत वर्ष मानवीय सेवा अभियानका अभियन्ता मेघमान श्रेष्ठ ज्यूसँग  सहकार्य गरेर यस्तै अभियान सञ्चालन भएको थियो । गत वर्ष सञ्चालन गरिएको अभियानबाट प्रेरित भएर यस वर्ष पनि अभियान सञ्चालन गरिएको हो ।  अभियानमा साना बालबालिका देखि ज्येष्ठ नागरिकले पनि कपडा लैजानु भएको थियो । स्ववियुले पहलमा भएको कपडा संकलन अभियानमा स्थानीय र व्यापारी पनि सहयोग रहेको थियो । ’

न्यानो कपडा संकलन अभियानमा करिब एक सय जनाले कपडा सहयोग रहेको थियो । भने दुई सय ५० जनाले न्यानो कपडा लिएर गरेका थिए ।

Leave A Reply

Your email address will not be published.