Krishnasar_Dubble Ad
Barista_Training

बार्षिक साधारण सभामा जेष्ठ सेयर सदस्यहरुलाई सम्मान

Geruwa GIF

यज्ञप्रसाद सापकोटा
बर्दिया,२६ कार्तिक

बर्दियाको मधुवन नगरपालिका ७ तारातालमा रहेको ताराताल सानाकिसान कृषि सहकारी संस्था लिमिटेडले १० जना जेष्ठ शेयर सदस्यहरुलाई सम्मान गरेको छ । ताराताल सानाकिसान कृषि सहकारीले २४ औँ बार्षिक साधारण सभाको अवसरमा जेष्ठनागरीकहरुलाई सम्मान गरेको हो ।


बर्दिया कै उत्कृष्ट मानिएको सो सहकारीले हरेक बर्ष जेष्ठ शेयर सदस्य, विपन्न तथा जेहेनदार विद्यार्थी र एस ई ई मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गर्दै आएको छ । वित्तिय क्षेत्रमा काम गरेपनि सामाजिक विकासको लागि उत्कृष्ट काम गर्दै आएको कार्यक्रमका प्रमुख अतिथी संघिय साँसद एवं पुर्व उद्योग वाणिज्य तथा आपुर्ति राज्य मन्त्री विमला वि.क.ले बताउनु भयो । उहाँले यस सहकारीबाट अन्य वित्तिय संस्थाले पनि सिक्नुपर्ने बताउँदै सहकारीले संविधानमा उल्लेखीत समावेशीताको अवधारणालाई पुर्ण रुपमा पालना गरेको बताउनु भयो । उहाँले ताराताल सानाकिसान कृषि सहकारी संस्था पश्चिम नेपाल कै उत्कृष्ट कृषि सहकारी भएको बताउनु भएको छ ।

कार्यक्रमका विशिष्ट अतिथी लुम्बिनी प्रदेश सभा सदस्य एवं संस्थापक अध्यक्ष कुलप्रसाद पोखरेल यस क्षेत्रको आर्थिक विकासको लागि सानाकिसान कृषि सहकारीले कृषकको जिवनस्तर उकास्नका लागि महत्वपुर्ण भुमिका रहेको बताउनु भएको छ ।

Basgadhi PSA_final

विशिष्ट अतिथी मधुवन नगरपालिकाका नगरप्रमुख गणेशबहादुर केसी ‘कृष्ण’ सबैको सहयोगको कारण यो संस्था उत्कृष्ट बन्न पुगेको बताउँदै अब शेयर सदस्यहरुको जिवनस्तर उकास्ने किसिमका कार्यक्रमहरु ल्याउनु पर्नेमा जोड दिनु भयो ।‘ठुला सहकारीहरु औद्योकिकरण तर्फ जानुपर्ने र कृषिलाई उद्योगसँग जोडेर कृषकहरुको जिवनस्तर उकास्नु पर्छ ।’ उहाँले भन्नु भयो ‘त्यसको लागि सहकार्य गर्न स्थानीय सरकार तत्पर रहेको छ ।’


कार्यक्रमका विशेष अतिथी नेपाल कृषि सहकारी केन्द्रिय संघ लिमिटेडका सदस्य पुर्ण शर्माले सरकारले कृषि सहकारी प्रति विभेद पुर्ण नीति ल्याएको बताउनु भयो । कृषि सहकारीहरुको ७० प्रतिशत रकम उत्पादनमा लगाउनु पर्ने नीति ल्याएको बताउँदै उहाँले आँफुले खोलेको सहकारीमा हाम्रा दिदिबहिनीहरुले बचत गर्न नपाउनु विभेद पुर्ण भएको बताउनु भयो ।


सहकारीमा २ हजार ८ सय ७० शेयर सदस्य रहेकोमा दुई हजार ३ सय ४९ जना महिला र ५ सय २१ जना पुरुष रहेका छन् । यस संस्थाको समुह संख्या ३९३ वटा रहेको छ । सहकारीको हाल सम्मको शेयर पुँजी ३९ करोड ९३ लाख ३ हजार ८ सय पुगेको छ । भने बार्षिक ५४ करोड भन्दा बढिको आर्थिक कारोबार गर्दै आएको छ । शेयर सदस्यहरुबाट संकलन गरीएको बचत ३४ करोड रहेको छ ।

 

न्याैपानेकाे विदाई


यता स्वास्थ्यको कारण अवकास लिनु भएकी प्रवन्धक गिता न्यौपानेलाई बार्षिक साधारण सभामा विदाई कार्यक्रम गरीएको छ । उहाँ संस्था स्थापनाकाल विगत् २५ बर्ष देखि साना किसान सहकारीमा सेवा गर्दै आउनु भएको थियो । उहाँका विदाईका क्रममा साना किसान सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारी, कर्मचारी र उपस्थीत शेयर सदस्यहरुको आँखा रसाएका थिए । विदाई सम्बोधनका क्रममा प्रवन्धक न्यौपानेले स्वास्थ्य समस्याका कारण आफ्नो युवाकाल विताएको संस्थालाई छोड्नु परेको बताउँनु भयो ।


‘मर्यादित श्रम र पर्यटनका लागि सहकारी’ भन्ने मुल नाराका साथ ताराताल साना किसान कृषि सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष अध्यक्ष प्रेम प्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रतिनिधि सभा सदस्य एवम् पुर्व उधोग वाणिज्य तथा आपूर्ति राज्य मन्त्री विमला बिक, विशिष्ट अतिथिका रूपमा लुम्बिनी प्रदेश सभा सदस्य कुल प्रसाद पोख्रेल र मधुवन नगरपालिका नगर प्रमुख गणेशबहादुर केसी, विशेष अतिथिका रूपमा नेपाल कृषि सहकारी केन्द्रिय संघ लिमिटेडका सदस्य पुर्ण शर्मा र राष्ट्रिय सहकारी लिमिटेड नेपालका सदस्य लक्ष्मी प्रसाद शर्मा रहनुभएको थियो।

अतिथिका रूपमा राजापुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, साना किसान विका लघुवित्त वित्तीय संस्था लिमिटेडका इलाका प्रवन्धक शेरबहादुर चौधरी, मधुवन नगरपालिका पशु शाखा प्रमुख गणेश बोहरा, साना किसान कृषि सहकारी संघ लिमिटेड बर्दियाका उपाध्यक्ष प्रतिमा चौधरी, जिल्ला सहकारी संघ लिमिटेड बर्दियाका निवर्तमान अध्यक्ष गोपाल प्रसाद पौडेल, स्वरोजगार साना किसान कृषि सहकारी संस्था लिमिटेड सुर्यपटुवाका अध्यक्ष अनिता चौधरी प्रबन्धक रश्मि स्वांर, साना किसान कृषि सहकारी संस्था लिमिटेड ढोढरीका प्रबन्धक भावना घर्ती लगायतको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page