HPV KHOP
Barista_Training

एक किलो ३ सय ग्राम सुन सहित श्रीलंकन नागरिक पक्राउ 

Geruwa GIF
Basgadhi PSA_final

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ३०० ग्राम सुन बरामद भएको छ । फ्लाइ दुबईको हवाईजहाजमा  दुबईबाट नेपाल आएकी श्रीलंकन नागरिक कान्थामात्रे काभास्करलाई सुन सहित पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
उनले लगाएको भित्री  बस्त्र ‘ब्रा’मा फल्स बटम बनाई २ वटा पोकामा ५ सय ग्राम र कट्टुमा सुनको लेपन लगाई ल्याएको ८ सय ग्राम अवैध सुन सहित पक्राउ गरिएको हो । विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीका अनुसार शनिबार राति १२ः५ बजे फ्लाइ दुबईबाट आएकी श्रीलंकन नागरिकको साथमा सुन बरामद भएको हो ।
उनलाई  थप अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरले राखिएको छ ।

Leave A Reply

Your email address will not be published.