Division forest_Ads
Barista_Training

राजापुर नगरपालिकाले सञ्चालनमा ल्यायो कर्णाली नदीमा मोटरबोट

Geruwa GIF

प्रकाश पाैडेल/ बर्दिया, राजापुर। राजापुर नगरपालिकाले कर्णाली नदीमा मोटरबोट सञ्चालनमा ल्याएको छ । पर्यटकलाई लक्षित गरी कर्णाली नदीस्थित सत्तीघाट पुल नजिकै मोटरबोट सञ्चालनमा ल्याएको हो ।

तयार नेपालको आर्थिक सहयोगमा राजापुर नगरपालिकाले कर्णाली नदीमा ल्याएको मोटरबोट सञ्चालन भएपछि राजापुर क्षेत्रमा पर्यटकीय गतिविधि बढ्नुका साथै आन्तरिक पर्यटनमा टेवा पुग्ने राजापुर नगरपालिकाका नगरप्रमुख दीपेश थारुले बताउनुभयो । उहाँले मोटरबोट पर्यटन प्रवर्द्धनका साथै बाढीका बेला मानवीय सहायता र उद्धारका लागि प्रयोग गरिने बताउनुभयो ।

Basgadhi PSA_final

मोटरबोट सञ्चालनपछि कर्णाली नदी किनार वरपरको रमणीय वातावरणमा रमाउँदै जलविहार गर्न रुचाउनेका लागि मोटरबोट उपयुक्त रहेको राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले जानकारी दिनुभयो ।

राजापुर नगरपालिकाले तयार नेपालको आर्थिक सहयोगमा सञ्चालन गरेको उक्त बोटको लागत ४५ लाख रुपियाँ रहेको र यसलाई कार्यविधि बनाएर सञ्चालन गरिएको राजापुर नगरपालिकाका विपद फोकल पर्सन खुसीराम थारुले जानकारी दिनुभयो ।

बोट सञ्चालन गर्नका लागि दुई जनालाई १५ दिनको तालिम दिइएको छ । पानीको बहाव र अनुकूलता हेरेर यसलाई वर्षभरि नै सञ्चालन गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ । बोटमा यात्रा गर्ने यात्रुहरूको बीमासमेत हुनेछ ।

बोटबाट कर्णाली नदीमा जलविहार गर्नको लागि १ किलोमिटरसम्मको यात्रा गर्न तीन सय रुपियाँ शुल्क लाग्ने राजापुर नगरपालिकाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.