नेपालगञ्ज । बाँके स्थित खजुरामा रहेको कृषि अनुसन्धान निर्देशनालय, लुम्बिनी प्रदेशको बाख्रा अनुसन्धान इकाईमा आगलागी हुँदा ६२ वटा बाख्रा मरेका छन् ।
विद्युत सर्ट भएर बाख्रा अनुसन्धान इकाईमा आगलागी भएको थियो । आज बिहान तीन बजे आगलागी हुँदा ६२ वटा बाख्रा मरेका हुन् ।
बाख्रा अनुसन्धान इकाईको खोर नम्बर १ मा ८३ वटा बाख्रा थिए । त्यसमध्येमा २८ वटा ठूला र ३४ वटा पाठापाठीको मरेका छन् । २१ वटा बाख्रालाई उद्धार गरिएको छ ।
स्थानीयवासी र त्यहाँका कर्मचारीले बिहान ६ बजे आगो नियन्त्रणमा लिएका थिए । घटना बारेमा अनुसन्धान भइरहेको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिनुभयाे ।