मधुवन । मधुवन नगरपालिकाले १३ औँ नगरसभामा सम्पन्न गरेको छ नगरसभामा ५ ओटा विधेयक माथि छलफल गरी पास गरेको छ ।
नगरसभाले ५ ओटा विधेयक मध्ये दुई ओटा विधेयकले नयाँ कानुन बनाएको छ भने तिन ओटा विधेयकले पुराना ऐनहरू संसोधन गरेको छ । नगरसभामा विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्न बनेको ऐन २०७५, नगर स्वास्थ्य ऐन २०७७ र बडघर ऐन २०७७ लाई संसोधन गरेको छ । त्यसैगरी नगरसभाले नगर प्रहरी विधेयक २०८० र खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक २०८० पास गरेको छ । त्यसैगरी नगरसभाले केही बजेट समेत संसोधन गरेको छ ।
मधुवन नगरपालिकामा कार्यरत कर्मचारी रचना चौधरीलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरेको छ । त्यसैगरी कार्यालय सहयोगीहरू चन्द्रा शाही र सोनपति थारूलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरेको छ ।
नगरसभामा सभासद्हरूले मधुवनको विकासका लागि गर्नुपर्ने कार्यको विषयमा जोडदार आवाज राखेका थिए । सभासद्हरूलाई सम्बोधन गर्दै मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले सबैजना मिलेर नगरपालिकाको विकास गर्नुपर्ने बताउनु भयो ।