Division forest_Ads
Barista_Training

विद्यालयको खानेपानी र सरसफाइको बारेमा नीति बनाउँछौँ : उपप्रमुख चौधरी

Geruwa GIF

विशाल बस्नेत,मधुवन ।    विद्यालयको खानेपानी सरसफाइ र स्वच्छता सम्बन्धी नीति बनाएर अगाडि बढ्ने मधुवन नगरपालिकाकी उपप्रमुख अनिता चौधरीले बताउनु भएको छ । उहाँले मधुवन नगरपालिकाले सबैभन्दा बढि शैक्षिक क्षेत्रमा लगानी गरेको बताउँदै विद्यालयको थप सुधारका लागि खानेपानी सरसफाइ र स्वच्छता सम्बन्धी नीति  बनाएर लैजानु पर्ने बताउनु भयो । 


बेस बर्दियाले मधुवन नगरपालिकामा आयोजना गरेको विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता प्रणालीको आधारस्तम्भ र बाधा अड्चन विश्लेषण कार्यशालामा सो कुरा बताउनु भएको हो । कार्यशालाको प्रमुख अतिथि उपप्रमुख चौधरीले विद्यालय स्तरमा खानेपानी सरसफाइ तथा स्वच्छता प्रणालीलाई सुधार गरेर लैजाने बताउनु भयो । उहाँले विद्यालयलाई तारा घोषणा गर्ने विषयमा भर्खर मात्र थाहा भएको बताउँदै कार्यशाला गोष्ठीमा उठेका सवालहरूलाइ नगरपालिकाले नीतिमा समेट्ने बताउनु भयो ।
त्यसैगरी मधुवन नगरपालिका १ नं वडाका वडाध्यक्ष मिनबहादुर थापाले अधिकांश विद्याल
यमा खानेपानी सरसफाइका भौतिक संरचना बनाउने र केही समय पछि त्यसलाई मर्मत संहार नगरी अर्को संरचना बनाउने गरिएको बताउनु भयो । उहाँले त्यसलाई रोकेर पुराना संरचनालाई मर्मत संहार गरेर त्यसलाई प्रयोग गर्ने नीति बनाउनु पर्ने बताउनु भयो । 

Basgadhi PSA_final


शुक्र माध्यमिक विद्यालयकी प्रधानाध्यापक एलिजा जिसीले विद्यालयको खानेपानी सरसफाइ र स्वच्छताको अवस्था सुधार हुँदै गएको बताउनु भयो । नगरपालिकाले नीति तथा कार्यक्रम बनाएर नगरपालिकाका सम्पूर्ण विद्यालयलाई स्टारको लेवलमा पुर्याउनु पर्ने बताउनु भयो ।     राष्ट्रिय अपाङ्ग महासंघका संघीय सदस्य नेत्र सापकोटाले खानेपानी र सरसफाइका संरचना निर्माण गर्दा अपाङ्गता मैत्री बनाउनु पर्नेमा जोड दिनु भयो । विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यविधि २०७४ लागू भएको लामो समय बितेपनि अधिकांश विद्यालय कार्यविधिको मापदण्ड अनुसार नभएको उहाँले बताउनु भयो ।
कार्यविधिमा विद्यालयको खानेपानी सरसफाइ र स्वच्छताको उपलब्धतालाई मूल्याङ्कन गरी स्तरीकरण गर्नका लागि सूचक तोकिएको छ । जसमा न्यूनतम सेवा सुविधा भएको विद्यालयलाई एक तारामा राखिएको छ भने विद्यार्थी सङ्ख्याको आधारमा तोकिएको मापदण्ड अनुसार उपलब्ध भएको सेवा सुविधालाई तिन तारामा राखिएको छ । 


वाटर एड नेपालको आर्थिक सहयोगमा बेस संस्थाद्वारा बर्दिया जिल्लामा वास गेन्स परियोजना सञ्चालन गरेको छ । परियोजनाले विद्यालयलाई एक दुई गर्दै तिन तारा स्तरको विद्यालय बनाउनका लागि आवश्यक आर्थिक, प्राविधिक, भौतिक सहयोग गर्न लागेको हो । तिन ताराको स्तरमा विद्यालय बनाउनका लागि के कस्ता समस्या बाधा  अड्चन रहेका छन भन्ने पत्ता लगाउन गोष्ठीको आयोजना गरिएको कार्यक्रम संयोजक जगदिश चौधरीले बताउनु भयो । यस अघि विद्यालयका शिक्षक, विद्यार्थी र सरोकारवालाहरूसँग विद्यालयलाई खानेपानी सरसफाइ र स्वच्छताको क्षेत्रमा अब्बल बनाउनका लागि के कस्ता बाधा अड्चनहरूको छन् भने बेसलाइन सर्वे गरिएको थियो । सो बेसलाइन सर्वेमा धेरै बाधा अड्चनहरू देखा परेपछि  नगरपालिका र  सरोकारवालाहरूको सहभागितामा कार्यशालाको आयोजना गरिएको उहाँले बताउनु भयो ।


वास गेन्स परियोजना मधुवन नगरपालिकाका त्रिभुवन माध्यमिक विद्यालय सुर्यपटुवा र शुक्र माध्यमिक विद्यालय तारातालमा लागू गरिएको छ । बर्दियाको ठकुरबाबा, बारबर्दिया, मधुवन, गुलारिया नगरपालिका र गेरुवा गाउँपालिकाका ३३ वटा विद्यालयमा परियोजना सञ्चालनमा रहेको छ ।
बेस बर्दियाका सहसचिव सोमलाल थारूको अध्यक्षतामा भएको कार्यक्रममा मधुवन नगरपालिकाका विभिन्न व्यक्तित्व, शिक्षक, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र पत्रकारहरूको उपस्थिति रहेको थियो । 

Leave A Reply

Your email address will not be published.