Division forest_Ads
Barista_Training

बर्दियामा जोखिमपूर्ण यात्रामा रहेका तीन सय पाँच उद्दार

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियामा जोखिमपूर्ण यात्रामा रहेका तीन सय पाँच जनालाई उद्दार गरिएको छ । जोखिमपूर्ण यात्रामा रहेका तीन सय पाँच जनालाई भारतीय सीमाबाट उद्दार गरिएको हो ।  


माइती नेपालका अनुसार सन् २०२३ मा उद्दार गरिएका तीन सय पाँच जना मध्ये  १८ वर्ष मुनिका दुई सय १५ जना र १८ वर्ष माथिका ९० जना रहेको  छन् ।  सन् २०२२ मा चार सय ४३ जनालाई, सन् २०२१ मा तीन सय ४२ जना  जनाको जोखिमपूर्ण यात्रामा रहेकालाई उद्दार छ ।


त्यसैगरी  सन् २०२३ मा श्रम र  यौन  शोषणमा परेको एक जनालाई उद्दार गरिएको छ  । सन् २०२२ मा १ जना सन् २०२१ मा ४ जनाको उद्दार गरिएको थियो ।  

Basgadhi PSA_final

भने सन् २०२३ मा खोजतलासका लागि कार्यालयमा ४७ जनाले निवेदन दिनु भएकोमा आठ जनाको उद्दार गरिएको छ । सन् २०२२ मा एक सय आठ वटा निवेदन परेकोमा ११ जनाको उद्धार गरिएको र सन् २०२१ मा ८९ निवेदन परेकोमा ३३ जनाको उद्दार गरिएको छ ।


सन् २०२३ मा जबरजस्ती करणीमा परेको २८ जनालाई आवश्यक सहयोग परामर्श गरिएको छ । सन् २०२२ मा ३६ जना र सन् २०२१ मा ३६ मा लाई आवश्यक सहयोग र परामर्श गरेको माइती नेपालको कार्यक्रम संयोजक गायत्री रिमालले जानकारी दिनुभयो । 


उहाँले माइती नेपाली जोखिममा रहेको महिला बालबालिकालाई कानुनी सेवामा सहयोग गर्दै आएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘  बर्दिया धेरै भूभाग खुल्ला भएको नेपाल र  भारतको सीमामा बस्ती रहेकोले बर्दिया जोखिममा रहेको छ । ’ 
उहाँले माइती नेपालले हिंसा परेकालाई उद्धार गर्ने, परामर्श गर्ने र विभिन्न संचेतना मूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनु भयो ।

उहाँले बर्दियाका दुई सय १० जना, बाँकेको  ६३ जना, सुर्खेतको पाँचजना, कैलालीको सातजना, कञ्चनपुरको चारजना, जुम्लाको दुईजना, दाङको तीनजना, डोटीको दुईजना, सल्यानको एकजना, तनहुँको एकजना, कालीकोटको एकजना, दैलेखको एकजना, चितवनको एकजना र कपिलवस्तुको एक जोखिमपूर्ण यात्रामा रहेकालाई उद्दार गरिएको  कार्यक्रम संयोजक गायत्री रिमालले बताउनु भयो । 


माइती नेपालले नेपाल भारत सीमामा सूचना तथा परामर्श केन्द्र राखेर  काम गर्दै आएको छ । गुलरिया नगरपालिका, बढैयाताल गाउँपालिका र मधुवन नगरपालिका रहेको सूचना तगा परामर्शबाट उद्दार गरिएकालाई कानुनी सेवामा सहयोग पारिवारिक पूर्नमिलन तथा परामर्श 
 गदै आएको छ । 

Leave A Reply

Your email address will not be published.