Division forest_Ads
Barista_Training

महिलाहरूलाई तीनदिने उद्यम विकास 

Geruwa GIF

 कृष्णसार अनलाइन, बाँसगढी  । बाँसगढी नगरपालिकामा महिलाहरूलाई तीनदिने उद्यम विकास तालिम दिइएको छ । दलित महिला संघको आयोजनामा दलित महिलाहरूलाई  उद्यम विकास तालिम दिइएको हो । 

साना उद्यम तथा  व्यवसाय गरिरहेको २५ जना दलित महिलाहरूलाई व्यवसायिक रुपमा उद्यमी बनाउने उद्देश्यले  माघ १९ गतेदखि २१ गतेसम्म तालिम सञ्चालन गरिएको हो । 

Basgadhi PSA_final

तालिम पश्चात तालिमका सहभागी उद्यमीले आर्थिक हिसाबकिताब कसरी राख्ने, व्यवसाय दर्ता गर्न कसरी गर्ने, बिमा लगायतको सेवासँग कसरी जोडिने, बजारको खोजी कसरी गर्ने लगायतका सेवामा आवद्ध भएर कसरी काम गर्ने भन्ने बारेका तालिमबाट जानकारी  लिन सक्ने गरी तालिमका दिइएको दलित महिला सङ्घकी अध्यक्ष हिमा सुनारले जानकारी दिनु भयो । उहाँले काम गरिरहेका महिला उद्यमीलाई आग्रामी दिनमा थप व्यवसाय बिस्तार गर्न तथा नयाँ उद्यमीको पहिचान गरी  व्यवसायमा जोडिन संस्थाले लगानी गर्ने , अनुदानको दिने तयारी  गरिरहेको बताउनु भयो ।

 बासगढी नगरपालिका –३ की कमला बि.क ले आफूले बगुँर पालन गर्दै आएको तर  बिमा लगायत अन्य विषय बस्तुमा जानकारी नहुदाँ धेरै अवसरबाट बञ्चित हुन परेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सरकारले दिने अनुदान कसरी लिन सकिन्छ भन्ने थाहा नपाउँदै पनि कयौं किसानहरू सरकारले प्रदान गर्ने अवसरबाट बञ्चित हुने परेको छ । यस्ता तालिमले किसान र सरकारी निकायसम्म जोड्ने पुलको काम गरेको छ ।’

त्यसैगरी बाँसगढी –३ की तारा बस्यालले तालिमले आफूले गर्दै आएको व्यवसायलाई कसरी समय सान्दर्भिक र वैज्ञानिक तरिकाले गर्ने भन्ने बारेमा सिकेको बताउनु भयो । उहाँले आफूले लगानी गरेको व्यवसायबाट कसरी धेरै लाभ लिन सकिन्छ भनेर योजना बनाएर काम गर्ने बताउनु भयो । 

दलित महिला संघले दलित महिला र बालिकाको क्षेत्रमा काम गदै आएको छ । देशका ६६ शाखा रहेको संघले राजनीतिक अधिकार, आर्थिक सशक्तिकरणको, मानव अधिकार तथा न्यायमा पहुँच, नेतृत्व विकास, सामाजिक न्यायका लगायतको पक्षमा काम गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.