bardiyahospital

स्थापना दिवसको अवसरमा जेष्ठनागरिकलाई फलफूल वितरण

Geruwa GIF


कृष्णसार अनलाईन, गुलरिया । प्रेस चौतारी नेपाल जिल्ला शाखा बर्दियाले २६ औँ स्थापना दिवसको अवसरमा जेष्ठनागरिकलाई फलफूल वितरण गरेको छ । गुलरिया नगरपालिका वडा नं ४ लक्ष्मी नारायण मन्दिरमा बस्ने जेष्ठनागरिकलाई फलफूल वितरण गरेको हो । 


‘समृद्धि का लागि सञ्चार कर्म, प्रेस चौतारीको मर्म’ भन्ने मूल नाराका साथ प्रेस चौतारी नेपाल ले आफ्नो २६ औ स्थापना दिवस मनाएको हो ।  लक्ष्मी नारायण मन्दिरमा रहेको वृद्धाश्रम बस्ने जेष्ठनागरिकलाई थोरै भएपनि सहयोग होस भने फलफूल वितरण गरिएको प्रेस चौतारी नेपाल  जिल्ला शाखा बर्दियाका अध्यक्ष यज्ञप्रसाद सापकोटाले बताउनु भयो । उहाँले कार्यक्रमबाट सम्पूर्ण संघसंस्था र व्यक्तित्वले स्थापना दिवस र जन्मदिनको अवसरकामा यस्तै सामाजिक सेवाका कामहरू गर्नु पर्छ भन्ने सन्देश दिन खोजेको बताउनु भयो । 

cld

 
प्रेस चौतारीले जेष्ठनागरिकलाई सहयोग गरेको र धार्मिक कामलाई महत्व दिएकोमा आफू खुसी भएको बताउँदै श्री लक्ष्मीनारायण मन्दिरका महन्त नारायण प्रपन्नाचार्यले बताउनु भयो । उहाँले वृद्ध आश्रममा रहेका वृद्ध वृद्धाहरूलाई कसैले नहेरेको अवस्थामा यस मन्दिरमा शरण लिई बसिराख्नु भएको बुवा आमालाई सम्झिएर कर्म गरेकोमा अरुलाई पनि सहयोग गर्ने उत्साह मिल्ने बताउनु भयो । 


कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं नेकपा एमालेकी सहसचिव टिका सम्सेलीले हरेक वर्ष प्रेस चौतारीले स्थापना दिवसको अवसरमा गर्ने सामाजिक कार्यले सबैलाई यस्तै कार्य गर्न उत्साह मिलेको बताउनु भयो । लक्ष्मीनारायण मन्दिरको धार्मिक पर्यटनको विकास र प्रचार प्रसारको लागि प्रेस चौतरीले विशेष भूमिका खेल्नु पर्ने बताउनु भयो । 


नेकपा एमाले प्रचार विभाग प्रमुख धर्मराज थापाले हेर्दा कार्यक्रम सामान्य देखिएपनि यसले सामाजिक क्षेत्रमा धेरै नै महत्व बोकेको बताउनु भयो । कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपाल प्रदेश कमिटी सदस्य ज्ञानेन्द्र पोख्रेलले आज देशभरीनै प्रेस चौतारी नेपालले विभिन्न कार्यक्रम को आयोजना गरी २६ औ स्थापना दिवस मनाउँदै गरेको बताउँदै बर्दिया शाखाले पनि मन्दिरमा रहेका वृद्धबृदाहरुलाई सम्झेर फलफूल वितरण गरेको मा धन्यवाद व्यक्त गर्नु भयो ।


आजको कार्यक्रमले पत्रकारहरू मानवीय कार्यमा पनि सक्रिय रहेको देखाएको बताउँदै प्रेस चौतारीका पुर्व केन्द्रिय एवं सल्लाहकार मानबहादुर चौधरीले  जसरी पत्रकारले समाजका विभिन्न पाटोमा कलम चलाउन सक्षम छन त्यसरी नै सहयोग गर्न पनि अगाडि रहन्छन् भन्ने उदाहरण दिएका बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका सह सचिव विष्णु अधिकारी , नेपाल प्रेस युनियन उपाध्यक्ष सञ्जय आचार्य, नेकपा एमाले प्रचार विभाग प्रमुख धर्मराज थापा , नेकपा एमालेका जिल्ला कमिटी सह सचिव टिका सम्सेली लगायत जिल्लाका चलचित्रकर्मीहरूको उपस्थिति रहेको थियो । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.