Division forest_Ads
Barista_Training

रनिङ शिल्ड प्रतियोगिताको बजेट रकमान्तर गरी व्यापार मेलालाई, बजेट नहुँदा प्रतियाेगिता नहुने

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बढैयाताल गाउँपालिकामा यस वर्ष राष्ट्रपति रनिङ शिल्ड सञ्चालन नहुने भएको छ । गाउँपालिका स्तरीय रनिङ शिल्डकोे लागि विनियोजित बजेट पालिकाको १४ औ गाउँसभाको बैठकले रकमान्तर गरेपछि बजेट अभावमा रनिङ शिल्ड नहुने भएको हो ।

गत मंसिर २९ गते बसेको गाउँसभाको बैठकले बजेट रकमान्तर गरेपछि रनिङ शिल्ड नहुने करिव निश्चित जस्तै भएको छ । पालिकाले बजेट अभाव भएको भन्दै वडा कार्यालय लगायत अन्य विकास निर्माणको योजनाको बजेट कटौती गरेको छ । विद्यालयका प्राध्यानाध्यपकहरुसंगको बैठकमा पालिकासँग बजेट अभाव भएकोले रनिङ शिलड सञ्चालन गर्ने विद्यालयले बजेटको व्यवस्थापन गर्नु पर्ने भनेपछि कुनै पनि विद्यालयले रनिङ शिल्ड सञ्चालनको जिम्मा लिन नचाहेको बैठकमा सहभागी एक प्राधानाध्यपकले बताउनु भयो ।

बजेट रकमान्तर गरी व्यापार मेलालाई १० लाख रुपैयाँ
पालिकाले रनिङ शिल्डको बजेट कटौती गरी नाफा कमाउने उद्देश्य सञ्चालन भएको महोत्सवलाई दिने प्रतिवद्धता जनाएको एक व्यापारीले बताउनु भयो । बढैयाताल उद्योग वाणिज्य संघले आयोजनामा गत पौष २७ गते देखि माघ ७ गतेसम्म भएको प्रथम प्रादेशिक बढैयाताल पर्यटन, औँद्योगिक व्यापार तथा माघी महोत्सवलाई पालिकाले १० लाख रुपैयाँ दिने प्रतिवद्धता गरेको थियो ।

प्रधानाध्यापकहरुले भने स्राेत सुनिश्चित नहुँदा सक्दैँनाैँ  
विद्यार्थीहरूको खेलकुद प्रतिभाको संरक्षण संबद्र्धन र प्रर्वधन गर्ने तथा राष्ट्र निर्माणको विकासमा खेलाडीहरूको भूमिकालाई सबल, सक्षम, एवम् प्रभावकारी बनाउन स्थानीय, प्रदेश संघ स्तरीय विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

नेपाल शिक्षक महासङ्घका जिल्ला अध्यक्ष तथा अमरज्योति माध्यामिक विद्यालयका प्राधानाध्यापक कृष्ण शर्माले यो वर्ष रनिङशिल्ड हुने सम्भावना नरहेको बताउनु भयो । उहाँले भन्नुभयो , ‘खेल सञ्चालन गर्नका लागि विद्यालयका तयारी गर्न सकेको छैन् । जुन किसिमको व्यवस्थापन हुनुपर्ने हो त्यो भएको छैन् । यस्तो अवस्थामा रनिङ शिल्ड हुने सम्भावना देखिँदैँन ।

विद्यालयको अतिरिक्त कुनै आम्दानीको स्रोत छैन्, पालिकाले खेलकुदका लागि कुनै बजेट व्यवस्थापन गरेको छैन् । रनिङशिल्डका लागि पालिकाबाट कुनै सहयोग छैन् । त्यस्तोमा अवस्थामा रनिङशिल्ड गर्न नसकिने प्राधानाध्यापक शर्माले बताउनु भयो ।

नेपाल शिक्षक महासङ्घका बढैयाताल गाउँपालिका अध्यक्ष एवम् शिक्षा समिति सदस्य राजेश्वर थापाले प्रधानाध्यापकहरूको बैठकले रनिङशिल्ड गर्न नसकिने निर्णय गरेको जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘रनिङशिल्ड सञ्चालन गर्ने विद्यालयले केही आर्थिक व्ययभार लिनुपर्ने भन्ने थियो । तर आर्थिक व्यायभारको जिम्मा कसले लिने भन्ने भएपछि प्रधानाध्यापकको बैठकले यस वर्ष रनिङशिल्ड नगर्ने भन्ने निर्णय भएको हो ।’

पालिकाले  रनिङशिल्डका प्रतियाेगिता सञ्चालनका लागि एकलाखा रुपैयाँ मात्र बजेट आएको  बताएको छ । त्यसमा पालिकाले अरु केही थप गर्छ, त्यस बाहेक अतिरिक्त बजेट रनिङशिल्ड सञ्चालन गर्ने विद्यालयले व्यवस्थापन गर्नु पर्छ भनेपछि कुनै पनि विद्यालयले रनिङशिल्डका सञ्चालनको जिम्मा लिन नसकेको एक प्रधानाध्यापकले बताउनु भयो । उहाँले भन्नुभयो, ‘गत वर्ष भएको रनिङशिल्डका पालिकाले ११ लाखको बजेट व्यवस्थापन गरेको थियो । तर यस यस पटक पालिका बजेट के कति भन्ने प्रष्ट नभएकोले कुनै पनि प्रधानाध्यापकले रनिङशिल्ड सञ्चालन गर्ने जिम्मा लिनु भएन । विद्यालयसँग कुनै बजेट छैन् यस्तो अवस्थामा कस्ले जिम्मा लिने । बजेटको सुनिश्चितता नभएकोले कुनै पनि विद्यालय रनिङशिल्ड जिम्मा नलिएको हो ।’

Basgadhi PSA_final

प्रधानाध्यापकलाई देखाएर पालिका तर्कियो
रनिङशिल्ड सञ्चालन गर्नका लागि दायित्व ‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति’को हो। समितिले प्रतियोगिता आयोजनाका लागि आवश्यक पूर्वाधारको विकास र व्यवस्था गर्ने, प्रतियोगिता सञ्चालन गर्न केन्द्रबाट निर्धारित तालिका अनुसार हुने गरी मिति तथा समय तोकी उपयुक्त स्थान छनौट गर्ने, प्रतियोगिता सञ्चालनका लागि आवश्यक थप आर्थिक स्रोत जुटाउन पहल गर्ने हो ।

तर, पालिका प्रधानाध्यपकले रनिङ शिल्ड सञ्चालन गर्ने जिम्मा नलिएको भन्दै तर्किन खोजेको छ । पालिकाले विद्यालयलाई सहयोग नगर्ने तर प्रधानाध्यापकहरूको बैठकले रनिङ शिल्ड सञ्चालन गर्न नसकेको निर्णय भन्दै जिम्मेवारीबाट बाहिर पालिका निस्किन खोजेको प्रष्ट बुझिन्छ ।

जनप्रतिनिधिका भनाइ पनि फरक फरक
बढैयाताल गाउँपालिका वडा – ५ का अध्यक्ष तुलाराम थारूले रनिङशिल्ड हुने नहुने बारेमा आफूलाई खासै जानकारी नभएको बताउनु भयो । उहाँले आफू शिक्षा समितिमा भएपनि शिक्षा समितिबाट कुनै निर्णय भएको बारेका जानकारी नभएको बताउनु भयो ।

बढैयाताल गाउँपालिका वडा –६ का वडा अध्यक्ष शुक्रराज सापकोटाले राष्ट्रपति रनिङशिल्ड स्थगित नभएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘रनिङशिल्ड कहिले गर्ने भन्ने विषय छलफलमा रहेकोले फागुन महिनाभित्र रनिङशिल्ड प्रतियोगिता सञ्चालन हुन्छ ।’

बढैयाताल गाउँपालिका वडा –८ का वडा अध्यक्ष तेजनाथ पौडेलले आफू राष्ट्रपति रनिङशिल्ड हुनुपर्छ भन्ने पक्षमा रहेपनि यस पटक रनिङशिल्ड हुने सम्भावना कम रहेको बताउनु भयो । उहाँले भन्नुभयो, पहिलो राष्ट्रपति रनिङशिल्ड पनि साविक कालिका रहेका ५ वटा विद्यालयहरू विद्या ज्योति माध्यामिक विद्यालय, भगवती संस्कृत माध्यामिक विद्यालय, जयकालिका माध्यामिक विद्यालय, शुभकामना एकेडेमी तथा बर्दिया एकेडेमी पैसा उठाएर सञ्चालन गरेको थियौं ,तर पछि पालिका पालिकाले रनिङशिल्ड गर्दा लागेको खर्च व्यवस्थापन गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पुष महिनामा गाउँसभा बसेर रकमान्तर भएको छ । बजेट हिसाबले पनि सम्भावना रहेको देख्दिन । भने प्राध्यापकहरूको बैठकले बजेटको सुनिश्चितता नभएकोले प्रधानाध्यापकले पनि रनिङशिल्ड चलाउने आँट गर्न नसकेको भन्ने बुझेको छु । तर शिक्षा समिति लगायत केही पनि नभएपनि बाहिर बुझेको कुरा मात्र हो ।’
उहाँले बजेटको सुनिश्चितताको कुरा छैन्, हिउँदे सभा बसेर बजेट रकमान्तर भएको छ । अब मौसम पनि गर्मी हुने आयो र चैत्रबाट परीक्षा पनि सञ्चालन हुन्छ । यस्तोमा रनिङशिल्ड हुने सम्भावना कम भएको बताउनु भयो ।

रनिङ शिल्डको लागि बजेटको सुनिश्चितता भएकोले रनिङ शिल्ड सञ्चालन हुने पालिका अध्यक्ष हिमालय त्रिपाठीले बताउनु भयो । उहाँले फागुन महिनाभित्र रनिङ शिल्ड गर्ने गरी पालिकाले तयारी गरेको जानकारी दिनुभयो । अध्यक्ष त्रिपाठीले भन्नुभयाे, ‘रनिङ शिल्ड सञ्चालनको छुट्टाएको बजेट कहीँकतै रकमान्तर नभएकोले बाहिर आएको जस्तो यस पटक रनिङ शिल्ड हुदैन भन्ने कुरा सत्य हाेइन ।’

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० मा के छ ?
स्थानीय तहमा सञ्चालन हुने राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको आयोजना सञ्चालन तथा समन्वय गर्न सम्बन्धित तहको पालिका प्रमुखको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत, प्रतियोगिता सञ्चालन हुने स्थानको स्थानीय तहको वडा अध्यक्ष सम्बन्धित स्थानीय तहको शिक्षा शाखा प्रमुख, स्थानीय तहमा रहेको प्रहरी कार्यालयको प्रमुख, खेलकुद विकास समितका सदस्यहरू मध्येबाट जिल्ला खेलकुद विकास समितिको अध्यक्षले तोकेको १ जना, स्थानीय तहमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूको शिक्षकहरू मध्येबाट दुईजना महिला शिक्षक पर्ने गरी ४ जना, स्थानीय तहमा रहेमा पूर्व खेलाडी तथा खेलप्रेमीहरू मध्ये १ जना, खेलकुद विकास समिति कार्यालय प्रमुख वा कार्यलयका प्रमुखले तोकेको एक जना सम्बन्धित खेदल संघको १/१ जना राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति रहने राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० मा रहेको छ ।

तर अहिलेसम्म सो समिति निर्माण र त्यसको बैठक बसेको छैन ।

Leave A Reply

Your email address will not be published.