Division forest_Ads
Barista_Training

राजापुर नगरसभाद्वारा २३ वटा विधेयक पारित

दुई उत्कृष्ट कर्मचारी सम्मानित 

Geruwa GIF

कृष्णसार नगरपालिका, गुलरिया ।  राजापुर नगरपालिकाको नगरसभाले  २३ वटा ऐन, विधेयक र कार्यविधि तथा निर्देशिकाहरू पारित गरेको छ ।  १२ औँ हिउँदे नगरसभाले विभिन्न २३ वटा ऐन, विधेयक  र कार्यविधि  तथा निर्देशिकाहरू पारित गरेको हो । 

Basgadhi PSA_final

आज बसेको राजापुर नगरसभाले वातावरण तथा प्राकृतिक संरक्षण विधेयक, शिक्षा ऐन २०८० संशोधन, जनप्रतिनिधि तथा पदाधिकारीको आचार संहिता निर्देशिका, मर्मत सम्भार कोषको स्थापना, आर्थिक ऐन २०८० लगायतका २३ वटा ऐन, विधेयक र कार्यविधि पारित गरेको हो । नगर सभामा प्रस्तुत उक्त कार्यविधि गत श्रावण महिना देखि माघ २८ गते सम्म बिभिन्न मितिमा बसेको कार्यपालिका बैठकबाट पारित भएका निर्णयहरू हुन । राजापुर नगरपालिकाका नगरप्रमुख राजेश थारूले छलफल र पारितका लागि उक्त प्रस्तावहरू सभामा पेश गर्नुभएको थियो । सभामा पेश गरिएका प्रस्तावहरु सर्वसम्मत पारित भएको नगर प्रमुख थारूले जानकारी दिनुभयो ।

यस्तै नगर सभामा वर्षभरी उत्कृष्ट कार्य गर्ने २ जना कर्मचारीलाई जनही रु. ५० हजारका दरले नगद र सम्मान पत्र सहित सम्मान गरेको छ  । सम्मानित हुने प्रधानमन्त्री रोजगार कार्यक्रममा संयोजक रमेश कुमार पोख्रेल र लेखापाल हुकुम कुमार बोहरा भएको राजापुर नगरपालिका प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीले बताउनु भयो । नगर भित्र उत्कृष्ट कार्यसम्पादन गर्ने महिलाहरूको निर्माण उपभोक्ता समिति र गुणस्तरीय एवं निर्धारित समयमै निर्माणको काम गर्ने निर्माण व्यवसायीलाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान समेत गरिएको छ ।

Leave A Reply

Your email address will not be published.