Division forest_Ads
Barista_Training

बर्दियामा एक लाख १८ हजार बालबालिकालाई खोप लगाइदै

(भिडियाे सहित)

Geruwa GIF


यज्ञप्रसाद सापकोटा, बर्दिया । बर्दियामा आगामी फागुन १३ गते देखि दादुरा रुबेला खोप लगाइने भएको छ । बर्दिया जिल्ला भरीका एक लाख १८ हजार बालबालिकालाई दादुरा रुपेला खोप लगाउने अभियान सुरु गरिएको हो । 


आठ ओटा नगरपालिकाका करिब एक लाख १८ हजार पाँच सय २७ जना १५ बर्ष मुनिका बालबालिकाहरूलाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । स्वास्थ्य कार्यालय बर्दियाका अनुसार ९ महिना देखि ५ वर्ष सम्म उमेरका ३१ हजार चार सय ४९ जना र पाँच वर्ष देखि १५ वर्ष मुनिका ८७ हजार ७८ जनालाई खोप लगाइने छ । खोप लगाउनका लागि चार सय ८४ ओट खोप केन्द्र राखिएको छ । जिल्ला भरीका सबै विद्यालयमा खोप केन्द्र राखिएको हुनाले हरेक विद्यालयमा खोप दिइनेछ । खोप अभियानका लागि नौ सय ६८ जना स्वास्थ्यकर्मी र एक हजार चार सय ५२ स्वयंसेवक परिचालन गरिएको छ । बर्दियाको बाँसगढी नगरपालिका वडा नं १ मा भने फागुन २१ गते देखि २३ गते सम्म खोप लगाइने भएको छ । 

Basgadhi PSA_final

हेर्नुहाेस् भिडियाे‍‍…


यस पटकको दादुरा रुबेला खोप अभियानमा ९ महिना देखि ५ बर्ष सम्मका बालबालिकाहरूलाई छुटेका अन्य खोप पनि लगाउने तयारी भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताउनु भयो । उहाँले भन्नु भयो –‘खोप लगाउन छुटेका बच्चाहरुको लागि पुनः एक पटक खोप लगाउन पाउने मौका छ । त्यसैले सबै अभिभावकहरूलाई पाँच बर्ष मुनीका बच्चाको साथमा खोपकार्ड पनि लिएर आउन अनुरोध गर्दछु ।’


बर्दियामा गत आर्थिक बर्ष२०७९/८० मा दादुरा रुबेला खोप अभियानको क्रममा ६ महिना देखि १५ वर्ष सम्मका ९९.७५ प्रतिशतले खोप लगाएको स्वास्थ्य कार्यालय बर्दियाको तथ्याङ्क रहेको छ । बर्दिया जिल्लामा विगत एक वर्षमा ७२ जनालाई दादुरा संक्रमण देखिएको थियो । भने नेपाल भरीका १९ जिल्लामा एक हजार तिन सय ४९ जनालाई दादुरा संक्रमण भएको थियो । 

Leave A Reply

Your email address will not be published.