bardiyahospital

मानझुण्डी सामुदायिक वनको साधारण सभा सम्पन्न 

Geruwa GIF

कृष्णसार अनलाइन, बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका वडा नं ३ मा रहेको मानझुण्डी सामुदायिक वनको १६ औँ साधारण सभा आज सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिले पेश गरेको प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र पञ्चवर्षीय वन व्यवस्थापन कार्ययोजना सर्वसम्मतले पास गरेको छ । 


त्यसैगरी सञ्चालन समितिको नयाँ नेतृत्व चयन गर्नका लागि सामुदायिक वन उपभोक्ता महासंघ नेपाल बर्दिया शाखाका प्रतिनिधि भुमीराज लामिछानेको संयोजकत्वमा आठ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको छ । निर्वाचन मण्डले निर्वाचनका कार्यक्रम सञ्चालन गरी नयाँ नेतृत्व चयन गरेको छ । 

cld

साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि तथा बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीलें मानझुण्डी सामुदायिक वन २०५१/५२ साल तिर स्थानीय उपभोक्ताले संघर्ष गरेर सामुदायिक वन बनाएको बताउँदै  तिनै उपभोक्ताहरूको आयआर्जन र सामाजिक विकासको लागि सामुदायिक वनले काम गर्नुपर्ने बताउनु भयो । सामुदायिक वनले विधि सम्बत तरिकाले उपभोक्ताको हक हितको लागि आम्दानीको रकम खर्च गर्नुपर्ने बताउनु भयो । सामाजिक संस्था भएको हुनाले सबै पक्ष र राजनीतिक दलहरू मिलेर नेतृत्व चयन गर्नका लागि आव्हान गर्दै अध्यक्ष त्रिपाठीले स्वच्छ र निस्पक्ष तरिकाले नयाँ नेतृत्व चयनका लागि शुभकामना व्यक्त गर्नु भयो । बढैयाताल गाउँपालिकाले समृद्धि वन कार्यक्रम अन्तर्गत नर्सरी व्यवस्थापनका लागि १५ लाख रुपैयाँ छुट्याइ सूचना निकालेपनि हाल सम्म कुनै निकायले प्रस्तावना पेश नगरको बताउनु भयो उहाँले यस सामुदायिक वन इच्छुक भएमा आवेदन दिने आग्रह गर्नुभयो ।  गाउँपालिका अध्यक्ष त्रिपाठीले यस वनलाई पर्यटकीय क्षेत्र बनाउनका लागि पर्ने बताउनु भयो । 

कार्यक्रममा बाँसगढी वन सब डिभिजन कार्यालयका प्रमुख रामनरेश शाह, नेकपा एमालेका नेता नेत्र सापकोटा, नेकपा एकीकृत समाजवादीका नेता डिलबहादुर केसी, बढैयाताल गाउँपालिका कार्यपालिका सदस्य चन्द्रकला वि‍ क नेपाली काँग्रेस क्षेत्रीय प्रतिनिधि रामबहादुर क्षेत्री, राप्रपाका नेता चुडामणि पौडेल, सामुदायिक वन उपभोक्ता महासंघ बर्दियाका प्रतिनिधि  भूमिराज लामिछानेले साधारण सभामा शुभकामना मन्तव्य दिनु भएको थियो । 


कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष डम्बरबहादुर कार्कीले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी कोषाध्यक्ष हिमा नेपालीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कोषाध्यक्ष नेपालीले गत आर्थिक बर्ष २०७९/८० को आम्दानी ५३ लाख १७ हजार ४ सय २३ रुपैयाँ  भएको बताउनु भएको छ । त्यसैगरी सोही आर्थिक वर्षमा ५२ लाख ६१ हजार ७ सय १२ रुपैयाँ खर्च र विभिन्न बैंकमा गरी ४५ हजार ७ सय ११ रुपैयाँ बैंक मौज्दात रहेको प्रतिवेदन प्रस्तुत गर्नु भएको छ । 


वि.स. २०५९ सालमा स्थापना भएको मानझुण्डी सामुदायिक वनमा हाल एक हजार पाँच सय ८९ जना उपभोक्ता रहेका छन् । २५४.९१ हेक्टरमा फैलिएको यस सामुदायिक वनमा बढैयाताल गाउँपालिका वडा नं ३ र बाँके जिल्ला खजुरा गाउँपालिकाका वडा नं ६ र ७ का उपभोक्ता सहभागी रहेका छन् । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.