Krishnasar_Dubble Ad
Barista_Training

बर्दियामा घरेलु हिंसाको घटनामा वृद्धि 

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियामा घरेलु हिंसाका घटना बढेको  छ । जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवामा केन्द्रको तथ्यांक अनुसार घरेलु हिंसा बढेको पाइएको हो ।  

घरेलु हिंसा परिवारबाट हुने भएकोले कतिपय हिंसाका घटना घरभित्र नै दबिएर रहन बाध्य रहेका छन् । घरेलु हिंसाबाट असरबाट कुनै वर्ण, समुदाय, जातजाति, अछुत रहन सकेको छैन् ।

चालु आर्थिक वर्ष २०८०÷०८१ को माघ सम्ममा दुई सय ८६ वटा घरेलु हिंसा घटनाको उजुरी परेको छ । जसमध्ये दुई सय ५४ वटा घरेलु हिंसामा घटना छलफल पछि मिलापत्र भएको छ ।   । नौ वटा निवेदनमा मिलापत्र नभएपछि अदालतमा मुद्दा दर्ता भएको छ । यसवर्ष घरेलु हिंसा आएको उजुरी पछि दुई वटा बहुविवाहमा  गएर मुद्दा दर्ता भएको छन् । भने २१ निवेदनमा छलफल हुन बाँकी रहेको छ । गत आर्थिक वर्ष २०७९÷०८० मा दुई सय ३५ वटा घरेलु हिंसाको उजुरी परेका छन् ।  जसमध्ये दुई सय १० वटा निवेदनको छलफल भएर मिलापत्र भएको छ । भने बाँकी २५ वटा निवेदनको मिलापत्र नभएपछि अदालतमा मुद्दा दर्ता भएको छ । भने आर्थिक बर्ष  २०७८÷०७९ मा दुई एक वटा घरेलु हिंसा भएको उजुरी परेको छ । जसमध्ये एक सय ७० वटा निवेदनमा छलफल भई मिलापत्र भएको छ । भने बाँकी ३१ वटा निवेदन छलफलबाट मिलापत्र नभएपछि अदालतमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले जनाएको छ । 

Basgadhi PSA_final

जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रहरी सहायक निरीक्षक सरस्वती पौडेलले आधिकांश घरेलु हिंसा गरिबीका कारण हुने गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ गरिबीका कारण घरमा आर्थिक समस्या हुन्छ । आर्थिक समस्याको समाधान गर्न नसक्दा त्यसले अनेक खालका समस्या आउने गर्छ । जसको कारण परिवारमा कलह भएर घरेलु हिंसा हुने गरेको छ । घरेलु हिंसामा परेकाले शारीरिक, मानसिक यातना भोग्दै आउने गरेको पाइएको छ । ’

त्यसैगरी केही घरेलु हिंसाको कारण मादक पदार्थ सेवन पनि हुने गरेको छ । घरेलु हिंसा परेको उजुरीका आधारमा सामान्य खालमा घटनामा दुबै पक्षलाई राखेर छलफल गराइ मिलापत्र गराएर पठाउने गरेको प्रहरी सहायक निरीक्षक पौडेलले बताउनु भयो । उहाँले मिलापत्र गरेर गएपनि फेरि घरेलु हिंसा भएको छ छैन भनेर समय समय पीडितसँग महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र फोन मार्फत कुराकानी गर्ने गरिएको जानकारी दिनुभयो । 

एक पटक मिलापत्र भएर भएका घरेलु हिंसाका घटना नदोहोरियोस् भनेर सेवा केन्द्रले पीडितसँग निरन्तर सम्पर्कमा रहेर काम गर्ने गरेको  छ ।  भने मिलापत्र हुन नसक्ने गम्भिर खालका घटनालाई कानुनी प्रकृयामा जाने गरेको जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले जनाएको छ । 

बर्दिया समुदाय प्रहरी साझेदारी अन्तर्गत सञ्चालन हुने सचेतना मूलक कार्यक्रमले पनि घरेलु हिंसामा  बाहिर ल्याउन टेवा पुगेको देखिन्छ । 

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page