Division forest_Ads
Barista_Training

नेकपा एमाले मधुवनले बुझायो ध्यानाकर्षण पत्र

Geruwa GIF

कृष्णसार अनलाइन , मधुवन । नेकपा एमाले मधुवन नगरकमिटीले विभिन्न माग राख्दै मधुवन नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । नगरपालिकाले गरेका काम कारवाहीको बारेमा असन्तुष्टि व्यक्त गर्दै नगरकमिटीले ध्यानाकर्षण पत्र बुझाएको हो । 

Basgadhi PSA_final


मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाटलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्रमा ढुङ्गा गिट्टी बालुवा जस्तो प्राकृतिक स्रोत लठुवा घाटको पुल जस्तो संरचानको संरक्षणलाई समेत मतलब नराखी दोहन गरिएकोले सो रोक्दै दिगो व्यवस्थापन गर्नुपर्ने माग गरिएको छ । त्यसैगरी मानव वन्यजन्तु द्वन्द्वलाई न्यूनिकरण गर्नका लागि ओभर पास निर्माण, हात्ती छेक्ने कंक्रिट वालको निर्माणलाई निरन्तरता दिनुपर्ने, ताराताल भगरैयाताल लगायतका ताल तलैयाको संरक्षण र सम्वर्द्धन गर्नुका साथै प्रदुषण मुक्त राख्ने गतिविधिहरू अगाडि बढाउन ध्यानाकर्षण गरीएको छ । 


त्यसैगरी तिन ओटै सरकार सँग समन्वय गरी योजनाबद्ध ढंगले विकास निर्माणको काम गर्नुपर्ने, कृषि र पशुपालनको क्षेत्रमा पर्याप्त बजेट छुट्याउनु पर्ने, नगरबासीहरुको गुनासाहरूलाई छिटो छरिता सम्बोधन गर्नुपर्ने, छाडा पशु चौपायाको नियन्त्रण र गौशालाको उचित व्यवस्थापन गर्नुपर्ने जोडदार माग गरिएको छ । 


यस अघि पनि ध्यानाकर्षण पत्र र भेटेर विभिन्न विषयमा ध्यानाकर्षण गराए पनि सो को सुनवाई नभएको नेकपा एमाले मधुवन नगर कमिटीका अध्यक्ष दुर्गाबहादुर वलीले बताउनु भएको छ । ध्यानाकर्षण पत्र र गुनासाहरूलाई सम्बोधन गर्दै मधुवन नगर प्रमुख तेजबहादुर भाटले मधुवनको विकासको लागि सबै मिलेर लाग्नु पर्ने बताउनु भयो । उहाँले निर्माण कम्पनीहरूले समयमा काम नगर्दा मधुवनवासीलाई धेरै नै मर्का परेको बताउनु भयो । कतिपय चैत मसान्त सम्म म्याद पुरा हुने ठेक्का छन् । म्याद सकिनासाथ नयाँ प्रक्रिया सुरु गर्ने उहाँले बताउनु भयो । 

Leave A Reply

Your email address will not be published.