Division forest_Ads
Barista_Training

दलित महिलाका सवालमा सञ्चारकर्मीको भूमिकाको विषयमा छलफल

Geruwa GIF
Basgadhi PSA_final


कृष्णसार अनलाइन, गुलरिया । सञ्चार माध्यममा दलित महिलाको सवालमा सञ्चारकर्मीहरूसँग छलफल गरिएको छ । दलित महिला  संघ बर्दियाको आयोजनामा गुलरियामा गरिएको अन्तरक्रिया कार्यक्रममा सो कुराको छलफल गरिएको हो ।
कार्यक्रममा अझैपनि समाजमा जातीय छुवाछुत हुने गरेको र त्यसको अन्त्य गर्नका लागि सञ्चार माध्यमले भूमिका खेल्नु पर्ने बताईएको छ । दलित महिला संघकी अध्यक्ष हिमा सुनारले दुई बर्ष यता जातीय विभेदका घटना दर्ता नभएपनि समाजमा जातिय विभेद कुनै न कुनै रुपमा व्याप्त रहेको बताउनु भयो । उहाँले दलित महिलाहरूको सवालमा पत्रकारहरूले कलम चलाएर उनीहरूको समस्यालाई उजागर गर्नुपर्ने बताउनु भयो । 


नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष यमनाथ घिमिरेले दलित महिला सँग सँगै अन्य समुदायका महिलाहरू पनि विभेद रहित नभएको बताउनु भयो । उहाँले महिलाहरूलाई आर्थिक सशक्तिकरणको माध्यमबाट उनीहरूको विभेद हटाउनु पर्ने बताउनु भयो ।
नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव प्रसाद आचार्यले पटक पटक दलित महिलाहरूको सवालमा पत्रकारहरूलाई कार्यक्रम गरेर जानकारी गराउनु भएकोमा धन्यवाद व्यक्त गर्नु भयो । उहाँले दलित महिलाको सवालमा सबै पत्रकारहरू ऐक्यवद्ध रहेको बताउँदै अझै पनि दलित महिलाका कतिपय सबालहरू बाहिर नआएको बताउनु भयो । उहाँले समाजको दृष्टिकोण परिवर्तन गर्ने गरी कलम चलाउनु पर्ने बताउनु भयो । 

Leave A Reply

Your email address will not be published.