Krishnasar_Dubble Ad
Barista_Training

बढैयातालमा प्रजनन रोग स्वास्थ्य शिविर सञ्चालन

Geruwa GIF

कृष्णसार अनलाइन, बढैयाताल । बर्दियाको बढैयाताल गाउँपालिका ११४ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा प्रजनन रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । विशेषज्ञ चिकित्सक, भिडियो एक्सरे, र भि आई ए ( पाठेघरको मुखको क्यान्सर ) पाठेघर खस्ने समस्या लगायतका  जाँच गरिएको थियो । 


शिविरमा तिन सय ३० जना महिलाहरूको पाठेघरको मुखको क्यान्सर ( भिआइए ) जाँच गरिएको थियो । उनीहरु मध्ये दुई सय एक जनालाई भिडियो एक्सरे (अल्ट्रासाउण्ड ) गरिएको थियो । उनीहरु मध्ये ४ जनाको पाठेघर खस्ने समस्या भएको कारणले रिङ राखिएको छ । भने पाँच जनामा भिआइए टेस्ट पोजेटिभ भेटिएको बढैयाताल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु पौडेलले बताउनु भयो । उनीहरूलाई थप चेक जाँच र उपचारका लागि रिफर गरिएको छ । 
 स्वास्थ्य शाखा प्रमुख पौडेलका अनुसार अन्य प्रजनन रोग सम्बन्धी समस्या जस्तो पाठेघरमा संक्रमण, सेतोपानी बग्ने समस्या भएका महिलाहरूको उपचारका लागि निःशुल्क औषधी वितरण गरिएको छ । 

Basgadhi PSA_final


महिलाहरूमा प्रजनन रोग सम्बन्धी समस्या धेरै देखिने भएकाले गाउँघर मै विशेषज्ञ सेवा दिने उद्देश्यले शिविर सञ्चालन गरेको बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले बताउनु भयो । उहाँले अन्तराष्ट्रिय महिला दिवसको अवसरमा अन्य कार्यक्रम भन्दा पनि महिलाहरूको स्वास्थ्य समस्या समाधान होस भनेर यस कार्यक्रम राखिएको बताउनु भयो । 


आज सोरहवा प्राथामिक स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन भएको शिविर भोलि चैत्र ३ गते बढैयाताल गाउँपालिका वडा नं ७ को कार्यालय तिल्कानामा सञ्चालन हुनेछ । 

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page