कृष्णसार अनलाइन,गुलिरया । बर्दियामा चरेस सहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा दाङ लमही नगरपालिका वडा नं ११ बस्ने ५२ बर्षिया आशा राई पक्राउ परेकी हुन् ।
उनको साथबाट प्रहरीले पाँच केजी नौ सय २९ ग्राम चरेस फेला पारेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी जमुनी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले राई लाई पक्राउ गरेको हो । उनी नेपालबाट लुकिछिपि भारत तर्फ जाँदै गरेको अवस्था पक्राउ परेकी हुन् । उनको शरीर तथा हाते झोला भित्र खैरो रङ्गको प्लास्टिक टेपले बेरी लुकाएर राखेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक तुल्सीराम अर्यालले बताउनु भएकाे छ ।