प्रकाश पौडेल, गुलरिया । २९ औं वन्यजन्तु सप्ताहको अन्तिम दिन वन्यजन्तु पीडित परिवारसँग अन्तरक्रिया गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष (NTRC ) को आयोजनामा पीडित परिवारसँग अन्तरक्रिया गरिएको हो ।
प्रत्येक वर्ष झै यस वर्ष ‘ वन्यजन्तुको संरक्षण पर्यापर्यटन र आर्यआर्जन’ भन्ने मूलक नारामा साथ बर्दिया राष्ट्रिय निकुञ्जमा वन्यजन्तु सप्ताह मनाइएको छ । वन्यजन्तु सप्ताहको अन्तिम दिनमा वन्यजन्तु पीडित परिवारसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्दै जनावर पीडित एकल महिलाको अध्यक्ष अमृत जैसीले बर्दिया राष्ट्रिय निकुञ्ज र वन्यजन्तु संरक्षण कोषले जनावर पीडित एकल महिलालाई प्रत्येक महिना दिदै आएको एक हजार पाँच सय रुपैयाँ राहतलाई बढाउनु पर्ने बताउनु भयो । उहाँले महग्री बढिरहेकोले पीडितले पाउने एक हजार पाँच सय थोरै रकम भएकोले सो रकम बढाउनु पर्ने माग गर्नु भयो ।
त्यसैगरी ठाकुरबाबा नगरपालिका –९ शिवपुर हात्तीसारकी जानकी थारूले परिवारमा कमाउने मान्छेलाई गुमाउँदा स्नातक तहमा छोराछोरीलाई पढाउन कठिन भएको बताउनु भयो । उहाँले कक्षा १० सम्म पढ्न चार हजार दिए पनि सो रकमले नपुग्ने गरेको बताउनु भयो । उच्च शिक्षा अध्ययनका लागि पीडित परिवारलाई छात्रवृत्तिको व्यवस्थापन हुन सके धेरै राहत मिल्ने थारूले बताउनु भयो ।
बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरबाबा वरिष्ठ संरक्षण अधिकृत डाक्टर अशोक रामले मानव बन्यजन्तु हुने द्वन्द्वमा एकजना कमाउने मान्छेको मृत्यु भएमा सम्पूर्ण परिवारमा समस्या आउने गरेको बताउनु भयो । उहाँले जनावरको आक्रमणबाट घाइते भएका व्यक्तिले धेरै अझ धेरै समस्या भोग्नु परेको बताउनु भयो । उहाँले सरकारले वन्यजन्तु द्वन्द्वमा परेर ज्यान गुमाएका व्यक्तिका परिवार र घाइतेलाई सरकारले केही राहत दिएको छ , तर त्यसले मात्र पर्याप्त नहुने रैछ । यो राहत रकमलार्ई थप गर्न सके राम्रो हुनेछ । ’
बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष (NTRC ) मिलेर द्वन्द्व पीडित एकल एकल महिला लागि एउटा कोष स्थापना गरिएको र सो कोषबाट एकल महिलाहरूले एकल महिलाले आर्यआर्जनका लागि ३ प्रतिशत व्याजमा ऋण सक्ने गरी समूह स्थापना गरिएको वरिष्ठ अधिकृत रामले बताउनु भयो । त्यसैगरी छात्रवृत्तिका केही रकम उपलब्ध गराउँदै आए पनि सो रकम पर्याप्त नभएको बरिष्ठ अधिकृत रामले बताउनु भयो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC ) का प्रमुख अजित तुम्बाहाम्फेले वन्यजन्तु सप्ताहको अन्तिम दिन बन्यजन्तु पीडितसँग अन्तरक्रिया गरिएको बताउनु भयो । उहाँले राष्ट्रिय प्रकृति संरक्षण कोषले निकुञ्जसँग जोडिएको जग्गामा वैकल्पिक खेतीको लागि सहयोग गर्दै आएको र यसवर्ष पनि त्यसलाई निरन्तरता दिएको जानकारी दिनुभयो । वन्यजन्तुले नोक्सान नगर्ने बाली लगाउन सके बालीको नोक्सानी नहुने अन्य वैकल्पिक खेतीबाट आम्दानी गर्न सकिने प्रमुख तुम्बाहाम्फेले जानकारी दिनुभयो ।
उज्यालो नेपालका कार्यक्रम संयोजक रमेश थापाले उज्यालो नेपालको घुम्ती कोष रहेको र त्यसले आयआर्जनका लागि ५ प्रतिशत ऋण दिने गरेको बताउनु भयो । उहाँले शिवपुर गाउँ रहेका घर र व्यक्तिको उज्यालो नेपालले बिमा गरिदिएको जानकारी दिनुभयो । उहाँले बर्दिया राष्ट्रिय निकुञ्ज , वन्यजन्तु संरक्षण कोष, उज्यालो नेपाल, केन्द्र तथा प्रदेश सरकार र स्थानीय तहले मानव वन्यजन्तुको बीचमा हुने द्वन्द्व न्यूनिकरण गर्न लागि रहेको जानकारी दिनुभयो ।
बर्दिया राष्ट्रिय निकुञ्ज र वन्यजन्तु संरक्षण कोषले छ जना जनावर पीडित एकल महिलालाई मासिक एक हजार पाँच सय सहयोग गदै आएको छ । भने यस वर्ष वन्यजन्तु सप्ताहको अवसरमा पर्यटकीय क्षेत्रको नाका लगायतको क्षेत्रमा सरसफाइ गरेको छ । त्यसैगरी सरोकार निकायहरू अन्तरक्रिया, बन्यजन्तुबाट प्रभावित परिवारका बालबालिकालाई छात्रवृत्ति वितरण फोटो प्रर्दशनी लगायतका कार्यक्रमको आयोजना गरिएको थियो ।