Division forest_Ads
Barista_Training

राजनीतिक दल  र पालिकाको बीच ६ बुँदै सहमति

नियम विपरित बनेको परीक्षामा समितिमा को को थिए

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बढैयाताल गाउँपालिकामा आन्दोलनरत  राजनीतिक दल  र गाउँपालिकाको बीच ६ बुँदै सहमति भएको छ । शिक्षा क्षेत्रका देखिएको वेतिथीको अन्त्य माग सहित आन्दोलनमा रहेका राजनीतिक दल र पालिकाको बीचमा ६ बुँदै सहमति भएको हो ।  

दलहरूले  शिक्षामा सुधार हुनुपर्ने तथा कक्षा ८ को नतिजा प्रति असहमति जनाउदै पालिकाको पटक पटक ध्यानाकर्षण गराएका थिए । राजनीतिक दलहरूले पालिकाको शिक्षा ऐन र कार्यविधि विपरित संस्थागत ( निजी ) विद्यालयको सीमित स्वार्थ पुरा गर्न सुनियोजित तरिकाले परीक्षा समिति बनाएको , परीक्षाको उत्तरपुस्तिकाको सम्परीक्षण नगरी नतिजा प्रकाशन गरेकोले उत्तरपुस्तिकाको सम्परीक्षण  हुनुपर्ने , पालिकाको शिक्षा ऐन २०७९ को  विपरित शिक्षा समितिको सदस्य नियुक्ति गरेको तथा परीक्षा समितिको संयोजक बनाएको, शारदा माध्यामिक विद्यालय मैनापोखरको अंग्रेजी शिक्षिकालाई शक्तिको आडमा लामो समयदेखि शिक्षा शाखामा राखिएको लगायतको माग सहित राजनीतिक दलहरू आन्दोलनमा रहेको थिए । 


नियम विपरित बनेको परीक्षामा समितिमा को को थिए

Basgadhi PSA_final

बढैयाताल गाउँपालिकाले कक्षा ८ को नतिजा प्रकाशन गरेपछि  परीक्षा समितिको विवादमा तानिएको थियो । स्थानीय शिक्षा ऐन २०७९ प्रष्ट रुपमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत, वा शिक्षा शाखा प्रमुख वा अधिकृत स्तरको कर्मचारी मध्येबाट शिक्षा समितिको संयोजक तोक्ने प्रष्ट व्यवस्था रहेको छ । तर पालिका अध्यक्ष हिमालय त्रिपाठीले नियम विपरित परीक्षा समिति गठन गरेपछि परीक्षा समिति माथि प्रश्न उठेको थियो । परीक्षा समितिको संयोजकमा शारदा माध्यामिक विद्यालय मैनापोखरकी अंग्रेजी शिक्षिका विमला गुरुङ , तथा परीक्षा समितिको सदस्यहरू शुभकामना एकेडेमीका सुमन पौडेल, ज्ञान ज्योति माध्यामिक विद्यालयकी सुशीला गिरी र सरस्वती माध्यामिक विद्यालयका गौरव चौधरी  हुनुहुन्छ ।

के भयो सहमति 

गाउँपालिका र राजनीतिक दलहरू बीचमा कक्षा ८ को परीक्षाफलको लागि विद्यालयहरूबाट पुनर्योगका लागि निवेदन परेका सम्पूर्ण विद्यार्थीहरूको उत्तरपुस्तिकाको पुर्नयोग गर्ने ,  परीक्षा समितिको पूर्ण गठन गर्ने, शिक्षकहरूलाई ज्येष्ठ मसान्तसम्म दरबन्दी मिलान गर्ने, कर्मचारी, शिक्षक र जनप्रतिनिधिहरूको बालबालिकालाई तत्काल सामुदायिक विद्यालयमा पढाउनु पर्ने लगायतको विषयमा सहमति भएको छ । 


गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठी र उपाध्यक्ष लक्ष्मी अधिकारीले  तथा नेपाली कांग्रेसका भगत नेपाली, नेकपा एमालेका प्रेमप्रसाद त्रिपाठी, नेकपा माओवादीमा कर्ण बहादुर थापा ( बिस्तार ), राष्ट्रिय स्वतन्त्र पार्टीका सरषचन्द्र  त्रिवारी, नागरिक उन्मुक्तिका लल्लु थारूले बैठक बसी सहमति भएको हो ।

Leave A Reply

Your email address will not be published.