bardiyahospital

अपाङ्गताहरू स्वास्थ्य बिमाको पहुँच बाहिर

बीमा गर्दा कुनै शुल्क तिर्नु पर्दैन

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया। बर्दियामा ४१.६७ प्रतिशत पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरू स्वास्थ्य बिमाको पहुँच भन्दा बाहिर रहेको पाइएको छ । ४१.६७ प्रतिशत पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरू स्वास्थ्य बिमाको पहुँचभन्दा बाहिर रहेको स्वास्थ्य बिमा बोर्डले  जनाएको हो । 

आफ्नो दैनिक क्रियाकलाप गर्न निरन्तर रुपमा अरुको सहयोग पर्ने व्यक्तिलाई पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति भन्ने गरिएको छ । यस्ता पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिलाई सरकारले रातो कार्ड  भएका व्यक्तिको निःशुल्क स्वास्थ्य हुन्छ । 

cld

स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार बर्दियामा  एक हजार दुई सय ९६ जना पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरू रहेका छन् । ५८.३३ प्रतिशत ( सात सय ५६ जना ) स्वास्थ्य बिमा भएको छ । भने अझै ४१.६७ प्रतिशत ( पाँच सय ४० ) जनाको स्वास्थ्य बिमा पहुँच भन्दा बाहिर रहेका छन् । जसले सहज र निःशुल्क रुपमा स्वास्थ्य उपचार पाउने अधिकारबाट  अपाङ्गता भएका व्यक्तिहरू बञ्चित हुन परेको छ ।

स्वास्थ्य बीमा गर्दा कुनै शुल्क तिर्नु पर्दैन

पूर्ण अशक्त अपाङ्गता व्यक्तिहरूको स्वास्थ्य बीमा गर्दा कुनै शुल्क तिर्नु पर्दैन । स्वास्थ्य बीमा बोर्डले रातो कार्ड भएका पूर्ण अशक्त अपाङ्गता भएको व्यक्तिको स्वास्थ्य बीमा गर्दा कुनै शुल्क तिर्नु नपर्ने जनाएको छ । 

स्वास्थ्य बिमा बोर्डका बर्दियाका जिल्ला संयोजक रूपेश आचार्यले पूर्ण अशक्त अपाङ्गता व्यक्तिहरूको स्वास्थ्य बीमा सरकारले निःशुल्क गर्ने व्यवस्था गरेको छ , तर बीमा कार्यक्रममा आवद्ध हुन अनिवार्य परिचय पत्र आवश्यक पर्ने बताउनु भयो । उहाँले पूर्ण अशक्त अपाङ्गता ( रातो कार्ड ) भएका अपाङ्गताका परिवारले दर्ता सहयोगीलाई जानकारी गराएर स्वास्थ्य बीमा गर्नु सक्ने जानकारी दिनुभयो ।
स्वास्थ्य बीमामा सबैको सहज पहुँच पुर्याउन प्रत्येक वडामा दर्ता सहयोगी राखिएको र तीनै दर्ता सहयोगीले मार्फत स्वास्थ्य बीमा गर्न सकिने  जिल्ला संयोजक  आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ स्वास्थ्य बीमा आबद्ध हुन पूर्ण अशक्त अपाङ्गता कोही व्यक्तिहरू छुट्नु भएको वडामा रहेका दर्ता सहयोगीलाई जानकारी गराउन वा स्वास्थ्य बीमा बोर्डको कार्यालयमा सम्पर्क गर्न सक्नुहुन्छ । पूर्ण अशक्त अपाङ्गता ( रातो कार्ड भएका ) का क वर्गको अपाङ्गता भएको व्यक्तिको परिवारले पनि शुल्क तिर्न नपर्ने र सहभुक्तानीको रकम पनि तिर्न नपर्ने भएकोले निःशुल्क बीमा हुन्छ । वडामा  रहेका स्वास्थ्य बीमाको दर्ता सहयोगीको को भन्ने चिन्न नसक्नेमा वडा कार्यालयबाट पनि जानकारी लिन सकिन्छ ।’

online dubble sclaed
Leave A Reply

Your email address will not be published.