Division forest_Ads
Barista_Training

आवश्यकता भएकालाई मात्र सीपमुलक तालिम दिनुपर्दछ : गौतम

Geruwa GIF

बर्दिया । गुलरिया नगरपालिकाकी उपमेयर सावित्रा गौतामले सीपमुलक तालिम सञ्चालन गर्दा आवश्यकता भएकालाई छनौट गरेर मात्र तालिम दिनु पर्ने बताउनु भयो । उहाँले जसले सीपलाई प्रयोग गर्छन र व्यवसाय गर्छन उनीहरूलाई मात्र सीपमुलक तालिम दिनु पर्ने बताउनु भयो ।
गौतमले दलित महिला उत्थान संघ बर्दियाले आयोजना गरेको परियोजना सल्लाहकार समितिको बैठकमा सो कुरा बताउनु भएको हो । उहाँले सीपमुलक तालिम पाएपछि  व्यवसाय गर्न सहभागीहरूलाई बताउनु भयो भने वडाध्यक्षहरूलाई व्यवसाय गर्नेलाई मात्र सीपमुलक तालिममा सहभागी गराउन आग्रह गर्नु भयो । 


बैठकमा दलित महिला उत्थान संघ बर्दियाले सञ्चालन गरेको युवा तथा महिला उद्यमशीलता विकास परियोजनाले हाल सम्म गरेका कार्यहरूको बारेमा जानकारी गराइएको थियो । लुर्थन वल्र्ड रिलिफको आर्थिक सहयोगमा आर्थिक सहयोगमा २०२३ देखि २०२५ सम्म सञ्चालित परियोजनाबाट १६ वर्ष देखि ४० वर्ष सम्मका दुई सय ५० जना युवा तथा महिलाहरूलाई  उद्यमी बनाइएको छ  । 

Basgadhi PSA_final


उपयुक्त सीप तथा तालिमको अभावमा व्यवसाय गर्न नसकेको युवाहरू तालिमको प्राथामिकतामा परेका थिए । कृषितर्फ बाख्रापालन , व्यवसायीक तरकारी खेती, माछापालन , लोकल कुखुरापालन, केरा खेती तालिम दिइएको छ । त्यसैगरी गैर कृषिमा मेसन, प्लम्बर, हाउसवायरीङ्ग, कपाल काट्ने, सिलाई कटाई, , खाजानास्ता बनाउने तालिम दिइएको छ । तालिममा ९६ जना पुरुष र एक सय ५४ जना महिलाहरू गरी २ सय ५० जना सहभागी भएको परियोजना संयोजक विष्णु नेपालीले बताउनु भयो । परियोजना सञ्चालनका लागि मधुवन र गुलरिया नगरपालिका छनौट गरिएको थियो । तालिममा सहभागीहरूले व्यवसाय सञ्चालन गरेको भएता पनि व्यवसाय दर्ता गर्न भने कठिनाइ भएको परियोजना संयोजक नेपालीले बताउनु भयो । उहाँले भन्नु भयाे -‘
व्यवशाय दर्ता गर्दा स्थानीय तहमा लाग्ने अत्याधिक कर तथा झन्झटिलो प्रक्रियाका कारण साना व्यवसायीले व्यवशाय दर्ता गर्न मान्दैनन् ।’

कार्यक्रममा सहभागी गुलरिया नगरपालिकाका उपप्रमुख तथा  वडाध्यक्षहरुले व्यवसाय दर्ताका लागि सहज बनाउने बताउनु भएकाे छ ।


बैठकमा परियोजनाले गरेका कामहरूको बारेमा भिडियो डकुमेन्ट्री प्रसारण गरिएको थियो । दलित महिला उत्थान संघ बर्दियाकी अध्यक्ष खिमा वि.क.को अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतम, परियोजना सञ्चालन भएका वडाका वडाध्यक्ष, गुलरिया नगरपालिकाका विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगाएतकाको सहभागिता रहेको थियो । 

Leave A Reply

Your email address will not be published.