प्रकाश पौडेल, गुलरिया । न्याय पाउनु पर्ने व्यक्तिले छिटो छरितो र हात हातमा न्याय पाउनु पर्ने न्यायाधीश कमलप्रसाद ज्ञवालीले बताउनु भयो । ७२ औ कानुन दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवस रुपमा मनाउन थालिएको हो । नेपालमा प्रधान न्यायालय ऐन २००८ बने पनि त्यसको लागू विक्रम संम्वत २००९ बैशाख २६ गते लागू भएको थियो । प्रत्येक वर्ष सोही दिनको सम्झनामा कानुन दिवस मनाउँदै आइएको छ ।
स्वतन्त्र, निष्पक्ष, र सक्षम न्यायपालिकाको प्रधान न्यायपालिकाको प्रधान ऐन लागू भएको दिनको सम्झनामा प्रत्येक वर्ष कानुन दिवस मनाउन थालिएको बर्दिया जिल्ला अदालतका न्यायाधीश ज्ञवालीले बताउनु भयो । उहाँले भन्नुभयो, अदालत सबैको साझा र न्याय पनि सबैको साझा हो । कानुनको पालना सबैले गर्नुपर्छ । जहाँ अदालत हुन्छ, त्यहाँ न्यायलय हुन्छ ।’ कानुन दिवस मनाउँदै गर्दा कानुनको पालना कति गर्यौ त्यो विषयमा सबैले आत्मसमीक्षा गर्न जरुरी रहेको न्यायाधीश ज्ञवालीले बताउनु भयो ।
कार्यक्रममा बोल्दै बर्दिया जिल्ला अदालतका न्यायाधीश टेकराज जोशीले न्याय प्राप्तिको प्रकृयामा सबैको महत्वपूर्ण भूमिका रहने भन्दै कानुन दिवसको शुभकामना व्यक्त गर्नु भएको हो ।
त्यसैगरी बर्दिया जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष कमलप्रसाद पाण्डेले मानव अधिकार र नागरिकको हक अधिकार र लोकतन्त्र बलियो बनाउन विधिको शासन हुनुपर्ने बताउनु भयो । उहाँले कानुनको बारेमा सबैले थाहा पाउन जरुरी हुनुपर्नेमा जोड दिनुभयो ।
अधिवक्ता वीर बहादुर रोकायले न्यायपालिका स्वतन्त्र हुनुपर्ने र मानव अधिकारको पक्षमा न्यायलय उभिनुपर्नेमा जोडदिनुभयो । उहाँले नागरिकको अन्तिम न्याय पाउने आशाको केन्द्र स्थान न्यायलय भएकोले न्यायपालिकाले दिने न्याय स्वतन्त्र र निष्पक्ष हुनुपर्नेमा जोड दिदै कानुन दिवसको शुभकामना दिनु भएको थियो ।
त्यसैगरी अधिवक्ता सूर्यमोहन सापकोटाले स्थानीय तहमा रहेका न्यायिक समितिले सोचे अनुसार काम गर्न नसक्दा कानुनमाथि नै प्रश्न उठ्ने गरेको बताउनु भयो । उहाँले न्यायलयबाट न्याय छिटोछरितो, सरल र सबल न्याय हुनुपर्नेमा जोडदिनु भयो ।
बर्दिया जिल्ला अदालत र बर्दिया जिल्ला अदालत बार एशोसियसनको संयुक्त आयोजनामा भएको कार्यक्रम गरिएको थियो ।