bardiyahospital

निकुञ्ज घुम्न आउने पर्यटकको संख्या बढेको छ 

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्या बढेको पाइएको छ । निकुञ्ज घुम्न आउने बाह्य तथा आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि  भएको पाइएको हो । 

निकुञ्जभित्र जङ्गल सफारी गर्दा सजिलै बाघ देख्न पाइने भएकोले वाह्य तथा आन्तरिक पर्यटकको रोजाईमा बर्दिया राष्ट्रिय निकुञ्ज पर्न थालेको हो । गत आर्थिक वर्ष २०७९-०८० को चैत्रसम्म विदेशी पर्यटक चार हजार आठ सय चार जना, सार्क राष्ट्रका आठ सय ४१ जना, नेपाली पर्यटक १२ हजार एक सय ९७ जना गरी १७ हजार आठ सय ४० जना पर्यटकले निकुञ्ज भ्रमण गरेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।  चालु आर्थिक वर्ष २०८०-०८१ को चैत्रसम्म  विदेशी पर्यटक चार हजार नौ सय ५३ जना, सार्क राष्ट्रका एक हजार एक सय पाँच जना, नेपाली पर्यटक १४ हजार एक सय ६९ जना गरी २० हजार दुई सय २७ जनाले निकुञ्ज भ्रमण गरेका छन् । 

cld

बर्दिया राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत डाक्टर अशोक रामले  गत आर्थिक  वर्ष २०७९-०८० को चैत्रसम्म  एक करोड ८१ लाख ८२ हजार सात सय ९८ रुपैयाँ र चालु आर्थिक वर्ष आर्थिक वर्ष २०८०-०८१ को चैत्रसम्ममा दुई करोड १५ लाख ३७ हजार एक सय ९३ रुपैयाँ आन्तरिक र वाह्य पर्यटनबाट प्रवेश शुल्कबाट राजस्व संकलन भएको जानकारी दिनुभयो ।

निकुञ्जमा पाइने बाघ, हात्ती, गैँडा , चितल, मृग, रतुवा लगायतका जंगली जनावर निकुञ्जभित्र देख्न पाइने सिजन भएकोले घुम्न आउने पर्यटनको सङ्ख्या बढेको पर्यटन व्यवसायी रामजी बाबु थापाले बताउनु भयो । उहाँले घुम्न आउने पर्यटकले अग्रिम रुपमा होटल बुकिङ गर्ने गरेको बताउनु भयो  । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.