Division forest_Ads
Barista_Training

आजदेखि अनेरास्ववियुको ‘विद्यार्थी महोत्सव’

Geruwa GIF

काठमाडौं । काठमाडौंमा आजदेखि विद्यार्थी महोत्सव हुँदैछ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले भृकुटीमण्डपमा विद्यार्थी आन्दोलनलाई नयाँ दिशा दिने भन्दै विद्यार्थी महोत्सवको आयोजना गरेको हो ।

विद्यार्थी आन्दोलनको छवि सुधार गर्ने र नयाँ दिशा दिने उद्देश्यले महोत्सवमार्फत् बहस गर्ने प्रयास गरिएको अनेरास्ववियुका अध्यक्ष समिक बडालले बताउनुभयो । महोत्सवको पहिलो दिन मंगलबार तीन वटा सत्र हुँदैछन् ।

Basgadhi PSA_final

महोत्सवको दिउँसो १२ बजे नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।

महोत्सवअन्तर्गत विभिन्न १९ वटा सत्रहरू हुँदैछन् । मंगलबार विद्यार्थी आन्दोलनको ६ दशक र अबको कार्यभार विषयमा माधव ढुंगेल, गुरुप्रसाद घिमिरे र लेखनाथ न्यौपानेबीच बहस हुँदैछ । बिहान ९ बजेदेखि ११ बजेसम्म हुने यो सत्रमा वाइपी आचार्यले सहजीकरण गर्नुहुनेछ ।

दोस्रो सत्र बिहान ११ः३० बजेदेखि १ः३० बजेसम्म सञ्चालन हुनेछ । कान्तिपुर दैनिकका प्रधानसम्पादक उमेश चौहानले सहजीकरण गर्ने यो सत्रमा एमाले महासचिव शंकर पोखरेल, नेपाली कांग्रेसका नेता एनपी साउद र जनमत पार्टीका अध्यक्ष सिके राउत वक्ता हुनुहुन्छ ।

मंगलबारको तेस्रो सत्रमा कसरी सम्भव छ राजनीतिक स्थायित्व ? विषयक छलफल सत्रमा एमाले सचिव योगेश भट्टराई, कांग्रेस नेता प्रदीप पौडेल र नेसपाकी मानुषीयमी भट्टराईले बोल्नुहुनेछ । यो सत्रमा अनलाइनखबरका सम्पादक बसन्त बस्नेतले सहजीकरण गर्नुहुनेछ ।

Leave A Reply

Your email address will not be published.