HPV KHOP
Barista_Training

आवश्यकताका  आधारमा काम गर्दा काम  उपलब्धि मूलक  हुन्छ  प्लान इन्टरनेशनलकी भाट

Geruwa GIF

कृष्णसार अनलाइन, गुलरिया ।   विद्यालयमा  छरिएर  काम  गर्ने  भन्दा  पनि आवश्यकताका  आधारमा काम गर्दा काम  उपलब्धि मूलक हुने प्लान इन्टरनेशनल निमित  कार्यक्रम विशेषज्ञ  दीक्षा भाटले बताउनु भयो ।   बृहत् विद्यालय  सुरक्षा ढाँचा सम्बन्धी कार्यशाला गोष्ठीमा निमित्त  कार्यक्रम विशेषज्ञ  भाटले सो कुरा बताउनु भएको हो । 

गुलरिया नगरपालिका रहेका तीन विद्यालयका २७ जनाको प्रतिनिधित्व हुने गरी बाँके युनेस्को क्लब र प्लान इन्टरनेसनलको आयोजनामा भएको कार्यक्रममा बृहत् विद्यालय  सुरक्षा ढाँचा कार्यशाला गोष्ठी गरिएको छ । कार्याशाला गोष्ठीका विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिको सहभागिता रहेको छ । 

शिक्षण सिकाइको  स्तरमा वृद्धि गर्न  गुलरियामा  रहेका  तीन  वटा माध्यामिक विद्यालय  छनौट गरी प्लान नेपालले  सहयोग गरेको  निमित्त  कार्यक्रम विशेषज्ञ  भाटले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ प्लान नेपालको आर्थिक सहयोगका  विज्ञान प्रयोगशाला निमार्णको लागि सहयोग  गरिएको छ । समय अनुकुल शिक्षण सिकाइमा जोड दिन प्लानको सहयोग रहेको हो । ’

Basgadhi PSA_final

कतिपय  विद्यालयमा संघ÷संस्थाको सहयोग आउँदासम्म  विद्यालयले कार्यक्रम गर्ने तथा सहयोग आउन छोडेपछि त्यो कार्यक्रम पनि बन्द  हुने गरेको देखिँदै आएको देखिएको  निमित्त  कार्यक्रम विशेषज्ञ भाटले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ हाम्रो  बिधालय  हो  र  यसलाई  राम्रो  बनाउनु  पर्छ  भन्ने  मान्यता अनुसार  काम  गर्न  जरुरी रहेको छ ।’ 

काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनका प्रशिक्षक कृष्ण खतिवडाले  विश्वव्यापी रुपमा सम्पूर्ण विद्यालय तथा विद्यार्थीहरू सुरक्षित हुनुपर्छ भन्ने मायन्ताका आधारमा बृहत विद्यालय सुरक्षा ढाँचाको अवधारणा आएको बताउनु भयो ।  उहाँले भन्नुभयो, ‘ सबैभन्दा बढी असुरक्षित र जोखिममा हुने भनेको विद्यार्थीहरू भएकोले विद्यार्थीहरू जबसम्म विद्यालयका सुरक्षित महसुस गर्न सक्दैनन् । तबसम्म विद्यार्थीहरूले राम्रो शिक्षा आर्जन गर्न नसक्ने  तथा शिक्षकहरूले पनि राम्रोसँग पढाउन नसक्ने हुन्छ ।  जोखिममा रहेका विद्यालयका क्षेत्रहरू पहिचान गरेर जोखिम न्यूनिकरणका उपायहरू खोज्नेका साथै  विद्यार्थीलाई केन्द्रमा राखेर हामीले जोखिम न्यूनिकरणका गरी सुरक्षित वातावरण सृजना आवश्यक रहेको छ । ’  

२०७२ सालमा गएको भूकम्पले पनि पछि विद्यालय सुरक्षाको ढाँचामा  सरकारले विशेष ध्यान दिँदै आएको प्रशिक्षक खतिवडाले बताउनु भयो । उहाँले  भन्नुभयो, ‘ शारीरिक ,मानसिक ,रुपमा सुरक्षित हुनुपर्छ भन्ने मान्यतालाई आत्मसात गरी बृहत् विद्यालय सुरक्षा ढाँचाको अवधारण कार्यान्वयनमा आएको हो । ’

गुलरिया नगरपालिका – ३ मा रहेको जानकी माध्यामिक विद्यालयका  प्राधानाध्यापक ददी शर्माले  विद्यालय  सुरक्षित नहुदाँ  कस्तो  असर  पर्छ ,  तथा सानो सानो  कुराले पठनपाठनमा  कस्तो प्रभाव पार्छ भन्ने सीप कार्यशालामा सिकेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ जोखिम क्षेत्र  सबै ठाउँमा  हुने  विद्यालयबाट नै जोखिम  न्यूनीकरणका बारेमा  सचेतना  गर्दै शिक्षा र सीप सिकाउन सके जोखिम न्यूनिकरण  हुन्छ  । कार्यशालामा जोखिम न्यूनिकरणका उपाय  प्रयोगात्मक विधिबाट  सिकेको  हुँदा  सिकाइ उपलब्धि मूलक  भएको  छ । ’ 


गुलरिया नगरपालिका –११ मा रहेको गौरीशंकर माध्यामिक विद्यालय डल्लापुरका शिक्षक  धनबहादुर गिरीले बृहत् विद्यालय सुरक्षा कार्यशाला अत्याधिक उपलब्धि मूलक भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘तालिमबाट सिकेका कुरालाई विद्यालयमा  रहने जोखिमयुक्त बस्तु वा प्रकोपबाट कसरी बच्ने र बच्नका लागि पूर्वतयारी  सम्बन्धी योजना बनाउने भन्ने बारेमा सचेतिकरण प्राप्त भएको छ । हामीले सिकेर हाम्रा विद्यार्थीहरू  जोखिमबाट कसरी बच्ने अभ्यास गराउने भन्ने प्रेरणा प्राप्त भएको छ । विद्यालयमा SIp र ASIP निर्माण गर्दा बृहत् विद्यालय सुरक्षाका कुराहरू अनिवार्य रुपमा समावेश गर्नुपर्ने हुदाँ रहेछ । ’

Leave A Reply

Your email address will not be published.