कृष्णसार अनलाइन, गुलरिया । किशोरी तथा युवाहरूको लागि चारदिने नेतृत्व विकास तालिम दिइएको छ । बाँके युनेस्को क्बल र प्लान इन्टरनेशनलको आयोजनामा किशोरी तथा युवाहरूको लागि नेतृत्व विकासको तालिम दिइएको हो ।
गुलरिया नगरपालिका , मधुवन नगरपालिका, र बढैयाताल गाउँपालिका रहेका किशोरी क्लब र युवा क्बलका प्रतिनिधिहरूको लागि नेतृत्व विकास तालिम गरिएको हो । तालिममा नेतृत्व विकास लैङ्गिक रूपान्तरण मानव अधिकार र राजनीतिक नेतृत्व सम्बन्धी तालिमको दिएको हो ।
जेठ २ गतेबाट सुरु भएको तालिमको समापन कार्यक्रममा बोल्दै बाँके युनेस्को क्लब शसक्त बालिका परियोजना संयोजक गोविन्दप्रसाद लामिछानेले तालिममा सिकेका सीप र ज्ञानलाई व्यवहारिक रुपमा लागू गर्नुपर्नेमा जोडदिनु भयो । उहाँले भन्नुभयो, ‘ समाज देखिएको गलत अभ्यासहरू हटाउन यहाँको महत्वपूर्ण भूमिका हुन्छ । बालविवाह न्यूनिकरणमा तथा पालिका निर्माण गर्ने बजेटमा युवाको कार्यक्रमहरू समेट्न पालिकासँग बजेट व्यवस्थापन गर्न लगाएर किशोरी तथा युवाहरूको क्लब माध्यमबाट काम गर्नु आवश्यक रहेको छ । समाज परिवर्तन गर्ने युवाहरूको पनि भूमिका रहने भएकोले अब युवाहरू पनि नेतृत्वमा आउन जरुरी रहेको छ । ’
कार्यक्रममा प्रशिक्षक दीपक भट्टराईले समाज अझै पनि परम्परागत रुपमा कयौं विकृतिहरू रहेका छन्, त्यसलाई परिवर्तन गर्ने दायित्व अबको पुस्ताको काधमा आएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ गलत आनीबानी र अभ्यासलाई सुधार गर्दै गएका परिवर्तन सम्भव छ ।’
तालिममा सहभागी मदन तिरुवाले कक्षामा सिकेको भन्दा फरक ज्ञान र सीप सिक्न पाएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ अन्य देशको महिलाहरू भन्दा हाम्रो देशमा महिलालाई बढी स्वतन्त्रता पाउनु भएको छ । तालिममा सहभागी हुनु भएको संख्या हेर्दा पनि महिलाको सहभागिता बढी नै छ । यसले के देखाउँछ भन्ने परिवारले पनि महिलालाई अगाडि बढ्न सहयोग गरिरहेको छ । ’
त्यसैगरी तालिममा सहभागी हुनु भएकी स्वस्तिका खड्काले पालिकाले निर्माण गर्ने बजेटमा युवाहरूको लागि बजेट व्यवस्थापन गर्न युवाहरूको समूह बनाएर पालिकासँग बजेट माग गर्न जाने बताउनु भयो । उहाँले भन्नुभयो , ‘ लैङ्गिक अल्पसङ्ख्यकहरूलाई माथि उठाउन पालिका निर्माण गर्ने बजेटमा विशेष व्यवस्थापन हुनु पर्ने र तथा सोचमा परिवर्तन ल्याउन सके समाजमा परिवर्तन हुन्छ भन्ने लगायतको ज्ञान तालिमबाट प्राप्त भएको छ । तालिममा सिकेको ज्ञानलाई समुदायमा गएर अन्यलाई सिकाउनेछु । ’