मञ्जु महतरा नेचर गाइड हो । उहाँले बर्दिया राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकलाई जङ्गलमा नेचर गाइड सफारी गराउने काम गर्नुहुन्छ । उहाँको दैनिकी प्रायः पर्यटकलाई जङ्गल सफारी गराएर बित्ने गर्छ । पाँच वर्षदेखि नेचर गाइडको रुपमा काम गर्दै आउनु भएकी महतरालाई वाइल्ड लाइफ फोटोग्राफीमा पनि रुचि छ । ( फोटो – मञ्जु महतरा )
निकुञ्ज आउने विदेशी तथा स्वदेशी पर्यटकलाई लिएर भित्रको जङ्गल जादा बाघ, हात्ती, गैंडा, चितुवासँग जम्काभेट भइरहन्छ । जनावरको आनीबानीसँग परिचित भएकोले पनि सजिलो भएको महतरा बताउनु हुन्छ ।
उहाँले भन्नुहुन्छ, ‘ बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने आउने पर्यटकको पहिलो रोजाइ पाटेबाघ हुने गर्छ । निकुञ्ज आउने पर्यटकलाई बाघ देखाउन पाउँदा पर्यटक मात्र नभएर मलाई खुसी लाग्छ । जंगली जनावरसँग हुने जम्काभेट साहसिक र रोमान्चक हुन्छ । जङ्गल सफारी जाँदा प्राय जनावर चराचुरुङ्गीको फोटो खिच्ने गर्छु । वाइल्ड लाइफ फोटोग्राफीमा रुचि रहेको छ ।
निकुञ्ज घुम्न आउने विदेशी तथा स्वदेशी पर्यटकहरूको बीच महतरा महिला साहसिक नेचर गाइडको रुपमा परिचित हुनुहुन्छ ।