bardiyahospital

प्रतिनिधिसभाको बैठक आज बस्दै

Geruwa GIF

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेदेखि बस्ने छ। सङ्घीय संसद् सचिवालयले जारी गरेको कार्यसूची अनुसार आजको बैठकमा सरकारले नीति तथा कार्यक्रम पारित गर्नेदेखि आगामी आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस गर्ने प्रस्ताव रहेको छ।

सङ्घीय संसद् सचिवालयको बैठकको सम्भावित कार्यसूची जारी गरिसकेको छ। जसमा १४ वटा सम्भावित कार्यहरू उल्लेख छ। कार्यसूचीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रहरू सुनाउने, दोस्रोमा प्रतिनिधिसभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने मनोनयन गर्ने, त्यसपछि सुरक्षित मुद्रण सम्बन्धी विधेयकबारे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन पेस गर्ने, केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश अस्वीकृत गर्न सांसद प्रेम सुवाले सूचना राख्ने, उद्योगमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश प्रस्तुत गर्ने कार्यसूचीमा समावेश छन्।

cld

यस्तै त्यसपछिको कार्यसूचीमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम राखिएको छ। त्यसपछि चार वटा विधेयकमाथि विभागीय मन्त्रीहरूले प्रस्तावहरू पेस गर्नेछन्। नीति तथा कार्यक्रमसँग सम्बन्धित र पारित गर्ने सम्मको कार्यसूची रहेको छ।

सहकारी ठगी प्रकरणको छानबिन गर्न प्रमुख प्रतिपक्षी दलले संसदीय छानबिन समितिको माग राख्दै संसद् अवरोध गरिरहेको र संसदीय छानबिनको कार्यादेशमा दलहरुबीच सहमति अझै बन्न नसकेकोले आजको बैठक कसरी अघि बढ्छ भन्ने स्पष्ट रहेको छैन। कार्यादेश टुङ्गो लगाउन शीर्ष नेताहरूसहितको बैठक आज बिहान बस्दै छ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.