Division forest_Ads
Edu_Barabardiya

गुजरात आगलागी : कम्तीमा २७ जनाको मृत्यु

Bidhut Notice
Geruwa GIF

काठमाडौँ ।  भारतको गुजरात राज्यको राजकोटमा टीआरपी गेम जोनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ । शनिबार दिउँसो ४ बजेतिर राजकोटको मावारोडस्थित टीआरपी गेम जोनमा आगो लागेको हो ।

Basgadhi PSA_final

राजकोट प्रहरी आयुक्तका अनुसार मृत्यु हुनेहरूमा बालबालिकासमेत रहेका छन् । अझै केहीको मृत्यु भएको र शव निकाल्ने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।

गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले घाइतेकोहरूको उपचारमा प्राथमिकता दिन अधिकारीहरूलाई निर्देशन दिएका छन् । उनले मृतकका परिवारलाई ४ लाख रुपैयाँ र घाइतेलाई तत्काल ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।

Leave A Reply

Your email address will not be published.