bardiyahospital

पृथ्वीनारायण शाह छात्रवृत्ति कोष स्थापना गर्न डाक्टर अहिराजको सहयोग 

Geruwa GIF

कृष्णसार अनलाइन, गुलरिया । बबई बहुमुखी क्याम्पसमा मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख डाक्टर  राजेश अहिराजले छात्रवृत्ति कोष स्थापना गर्नका लागि  एक लाख एक हजार  रुपैयाँ सहयोग गर्नु भएको छ ।  पूर्व प्रदेश प्रमुख डाक्टर अहिराजले  पृथ्वीनारायण शाहको नाममा छात्रवृत्ति कोष स्थापना गर्न एक लाख एक हजार रुपैयाँ सहयोग गर्नु भएको हो ।

यस अघि अहिराजले सप्तरीको रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोषको स्थापना गर्नका  लागि सहयोग गर्नु भएको थियो ।

cld

बाइसे र चौबिसे राज्यको रुपमा विभाजित नेपाललाई एकीकरण गर्न राष्ट्र निर्माता  पृथ्वीनारायण शाहको  महत्वपूर्ण योगदान डाक्टर  अहिराजले बताउनु भयो । उहाँले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको नाममा छात्रवृत्ति कोष स्थापना  गरिएको बताउनु भयो । 

छात्रवृति रकम हस्तातरण कार्यक्रममा बोल्दै पूर्व प्रदेश प्रमुख डाक्टर अहिराजले बर्दियाका जेहेन्ददार, गरिब तथा  विपन्न वर्गका विद्यार्थीलाई  पढ्नमा केही सहज  भन्ने उद्देश्यले जिल्लाकै सबैभन्दा पुरानो र पहिलो क्याम्पसमा छात्रवृत्ति कोषको स्थापना गरिएको बताउनु भयो । उहाँले भन्नुभयो,  ‘ मृत्युपछिको जीवनलाई सार्थक बनाउन मानिसले आफ्नो आयआर्जनको न्यूनतम् दश प्रतिशत सामाजिक सेवामा लगाउन सकेमा राम्रो हुन्छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको नाममा छात्रवृति कोष स्थापना गर्न  एक लाख सहयोग गरेको छु । यसमा अरु रकम थप गरेर कोषमा वृद्धि  गर्दै जान सकेमा धेरै विद्यार्थीहरूलाई छात्रवृति दिन सकिन्छ । ’

छात्रवृति कोष स्थापना गर्नका लागि स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष पनि पटक  पटक आग्रह गरेको पूर्व प्रदेश प्रमुख डाक्टर अहिराजले बताउनु भयो ।

क्याम्पसका क्याम्पस प्रमुख बिरेन्द्र राज लम्सालले यस क्याम्पसमा अध्ययनरत विपन्न तथा जेहेन्ददार विद्यार्थीहरूलाई उच्च शिक्षामा सहयोग गर्ने उद्देश्यले प्रारम्भ गरिएको अक्षय कोष रकममा प्राप्त हुन व्याजबाट प्रत्येक वर्ष पौष २७ गते पृथ्वी जयन्तीको अवसरमा कार्यक्रमको आयोजना गरी छात्रवृत्ति उपलब्ध गरिने जानकारी दिनु भयो ।

सोमबार क्याम्पसमा आयोजित एक समारोहमा डाक्टर अहिराजले एक लाख एक हजार रुपैयाँ हस्तान्तरण गरेर “राष्ट्र निर्माता पृथ्वी छात्रवृत्ति कोष” स्थापना गर्नु भएको हो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.