Division forest_Ads
Barista_Training

सुर्तीजन्य पदार्थको सेवनले २७ हजार मानिसको मृत्यु 

Geruwa GIF

अमरराज लम्साल, गुलरिया ।  नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट हरेक वर्ष २७ हजार मानिसको मृत्यु हुने गरेको  छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका अनुसार सुर्तीजन्य पदार्थको सेवनबाट २७ हजार एक सय ३७ जना मानिसको मृत्यु भएको हो । 

सुर्तीजन्य पदार्थ सेवनका कारण हरेक वर्ष नसर्ने रोग बढ्दो क्रममा रहेको तथ्याङ्क छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनको कारण ८० लाख मानिसको मृत्यु हुने गरेको छ । नेपालमा मृत्यु हुने मध्ये  १५ प्रतिशत मृत्युको कारण सुर्तीजन्य पदार्थको सेवन हो । 

Basgadhi PSA_final

चिकित्सकका अनुसार धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा क्यान्सर, मुटु रोग, श्वासप्रश्वाससम्बन्धी दीर्घ रोग, मधुमेह जस्ता नसर्ने रोग लाग्ने गर्छ । डाक्टर मनोज तिमिल्सिनाले सुर्तीजन्य पदार्थको सेवन गर्दा मान्छेको शारीरिक मात्रै होइन मानसिक स्वास्थ्यमा पनि धेरै असर गर्ने बताउनु  हुन्छ  । उहाँले भन्नुभयो, ‘ सुर्तीजन्य पदार्थको सेवनले क्षयरोग, फोक्सोको क्यान्सर लगायतका रोग लाग्छ ।  त्यसैगरी  मधुमेह, उच्च रक्तचाप, बढ्ने मुख, दाँत, गिजामा समस्या आउने, उमेर नपुग्दै छाला चाउरी पर्ने सम्भावना हुने, आँखाको दृष्टि कमजोर हुने र श्रवणशक्ति कमजोर हुने जस्ता स्वास्थ्य समस्या देखापर्ने हुन्छ  । भने  सुर्तीजन्य पदार्थको सेवनले महिलाको प्रजनन स्वास्थ्यमा नराम्रो असर पार्ने गर्छ । ’ 

सरकारले सुर्तीजन्य पदार्थको सेवनलाई नियन्त्रण गर्न ऐन, नियम बनाएको छ । तर कानुन कार्यान्वयन पक्ष कमजोर हुदाँ सुर्तीजन्य पदार्थको नियन्त्रण हुन सकेको छैन् । नियम कार्यान्वयन नहुदाँ  सुर्तीजन्य पदार्थ  रोकथाम गर्नको लागि धेरै चुनौती रहेको देखिन्छ । 

सुर्तीजन्य पदार्थ, ई–सिग्रेट, सिसा, हुक्का लगायतका सुर्तीजन्य पदार्थका आधुनिक र परिष्कृत रूपलाई समेट्ने गरी बृहत् तरिकाले कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको छ । सुर्तीजन्य पदार्थको सेवनलाई नियन्त्रण गर्न राज्य सँगसँगै आम नागरिक नै अग्रसर भएर चुरोट बिक्री गर्न नपाइने सार्वजनिक स्थान जस्तै स्कुल, कलेज छेउमा बिक्रीवितरण गर्न  नदिने । र सरकारले सुर्ती चुरोट उत्पादन गर्ने उद्योगलाई निरुत्साहित गर्न  नीति नै ल्याउन आवश्यक रहेको छ । 

प्रत्येक वर्ष मे ३१ मा विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस विश्वभर मनाउँदै आइएको छ । यस वर्ष ‘सुर्तीजन्य उद्योगको हस्तक्षेपबाट बालबालिकालाई जोगाऔँ’ भन्ने नाराका  साथ  विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस विश्वभर मनाइदै छ ।   

Leave A Reply

Your email address will not be published.